१५ साउन/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकका ग्राहकले ललितपुरको बुङमतीस्थित वण्डरल्याण्डको सेवा शुल्कमा १० प्रतिशत बोनस पाउने भएका छन्।
बैंक र वण्डरल्याण्ड सञ्चालक कम्पनी किक फन वर्ल्ड प्रालिबीच यस सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले वण्डरल्याण्डको सेवामा १० प्रतिशत रकम बोनस पाउनेछन्।
तपाईको प्रतिक्रिया