२२ साउन/अर्थ र व्यापार – सानिमा बैंकका ग्राहकले धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन रिसोर्टसँग सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउनेछन्। यसका लागि ग्राहकले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।
डिजिटल भुक्तानीका लागि ग्राहकलाई प्रोत्साहित गर्न रिसोर्टमा छुटको व्यवस्था गरेको बैंकद्धारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया