काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ ।
सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा.नवराज अधिकारीलाई दिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा विभिन्न देशबाट ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
नेपाल उद्योग परिसंघले मुलुकभित्र उत्पादित वस्तुको खरिद अनिवार्य गर्न माग गरेको छ ।
सरकारले चालू आर्थिक वर्षदेखि बजेटको सिद्धान्त तथा प्राथमिकता फागुनभित्रै संसदमा पेश गर्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले कर, राजस्व तथा भन्सार समिति गठनगरि यसलाई पूर्णता दिएका छन् ।
सरकारले निर्माण व्यवसायीले काम गरेबापतको बक्यौता रकम तत्कालै भुक्तानी गर्ने बताएको छ।
अध्ययन र भ्रमणका लागि पाँच महिनामा मुलुकबाट एक खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
सरकारले माघदेखि स्वास्थ्य बीमामा सहभुक्तानी (कोपेमेन्ट) प्रणाली लागू गर्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।
न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ ।
सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी १६ र १७ वैशाखमा काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल उद्योग परिसंघ र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) बीच लगानी अभिवृद्धि तथा नेपाल र अमेरिका बीच व्यावसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा नगद परिचालन साढे ५ प्रतिशत बढेको छ ।
अर्थमन्त्रालयले बिद्युतीय गाडीको कर बढाउने संकेत गरेको छ ।
बागलुङ उद्योग बाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ।
१२ औं संस्करणको पोखरा महोत्सव पुस २६ देखि माघ ८ गतेसम्म हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत घोषणा गरेका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न आइतबार निर्देशन जारी गरेको छ ।