निरन्तर उकालो लागेको सुनको भाउ बढेर सोमबार नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले कर्जा नतिर्ने ऋणीको जमानतकर्तालाई कालोसूचीमा राख्ने व्यवस्थामा गरेको परिमार्जनले कर्जा असुलीमा समस्या आउनसक्ने त्रासमा बैंकहरु परेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् ।
सुन तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ पुगेको छ।
सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबारमा अझै सुधार आएको छैन ।
व्यावसायिक र व्यक्तिगत प्यान नम्बर लिने करदाताको संख्या ५५ लाख भन्दाबढी भएको छ ।
यसपालीको तिहारकालागि पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का (असर्फी) बिक्री भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
निजीकरण समितिले विगतमा निजीकरण गरिएका ४ उद्योगमा देखिएको समस्याका विषयमा अध्ययन गर्न सचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।
दसैंमा सहुलियत दरको मासु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी बोका र च्यांग्राको बिक्री सुरु गरेको छ ।
दसैंका लागि नयाँ नोट लिन अहिले नेपाल राष्ट्र बैंकमा बाक्लो लाइन लागेको छ ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियत दरमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद कार्य सकेर आइतबार साँझसम्म विभिन्न ठाउँबाट संकलनगरि ल्याईएका खसिबोकाको मुल्य निर्धारण गर्ने छ ।
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन ।
आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन भएको छ ।
जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ प्रिमियम भित्राएका छन् ।
बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगीहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी लुकाएर राखिएको मौज्दात भेटिएको छ ।
सरकारले नजिकिएको दसैं–तिहार र छठपर्वलगायतका चाडपर्वका अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धिसहित नाफाखोरी गर्नेमाथि कडा कारबाही हुने चेतावनी दिएको छ ।
अब ५० करोडसम्मको वैदेशिक लगानी स्वीकृति स्वचालित प्रणालीबाट हुने छ ।
नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रतिनिधिमण्डलसँगको भेटमा नीति तथा निर्देशनका लागि दबाब नदिन सुझाव दिएको छ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा आफूहरुले स्वीकार गरेको बताएकी छिन् ।
नेपाल राष्ट्र बैंकले यस पटकको दसैं लक्षित नयाँ नोट असोज अन्तिम सातादेखि वितरण गर्ने भएको छ।