५ जेठ/ अर्थ र व्यापार- न्युरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित जोय स्टोरले एक्सचेन्ज मेला सार्वजनिक गरेको छ । जोय स्टोर एप्पलका लागी नेपालको आधिकारिक बिक्रेता हो ।
एक्सचेन्ज मेलामा जुनसुकै पुराना मोबाईलहरु उपयुक्त मुल्यमा विक्री गरि नयाँ आईफोन किन्न सकिने कम्पनीका प्रबन्ध निर्देशक गुरु पौडेलले वताए । कम्पनीले मेलाको अवसरमा आईफोन १५ प्रोम्याक्सको खरिदमा ग्राहकहरुलाई एघार हजार रुपैयाँ बराबरको एक्सेसरिज निशुल्क प्रदान गर्नुका साथै चन्द्रागिरि केवलकारको दुईवटा टिकट समेत दिने योजना ल्याएको छ । यस योजनामा सहभागि नहुने ग्राहकहरुले लक्कि ड्र मार्फत एकजनाले आईफोन १३, एकजनाले आईफोन १२ र एकजनाले आईफोन ११ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया