logo

स्टार्टअप व्यवसाय गर्न कम्तिमा १ हजार युवालाई सहुलियतपूर्ण कर्जा दिइने

    566   पटक पढिएको


१ जेठ/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ ।
मंगलबार संघिय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सरकारले नवप्रवर्तन तथा राष्ट्रिय स्टार्टअप अभियान सञ्चालन गर्ने बताए ।
राष्ट्रपति पौडेलले प्राज्ञिक संस्थासँग सहकार्य गर्ने र सातै प्रदेशमा विजनेश इक्युभेसन सञ्चालन गरेर स्टार्टअपलाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताए ।
नीति तथा कार्यक्रम मार्फत सरकारले स्टार्टअप व्ययवसाय गर्नेलाई सहुलियतपूर्ण ऋण दिने भनेको यो पहिलो पटक होइन । तर, नीति तथा कार्यक्रम र बजेटमार्फत हरेक वर्ष यस्तो घोषणा गरिएपनि कार्यान्वयन गरिएको छैन। त्यसैले यो सरकारले विगतका कामगर्ने तरिकालाई परिवर्तन गरि नीति तथा कार्यक्रम मार्फत घोषणा भएका यस्ता कार्यक्रमलाई पूर्ण रुपले कार्यान्वयनमा ल्याउन सक्नुपर्दछ ।
यसैगरि सरकारले नीति तथा कार्यक्रम मार्फत १ हजार लघु तथा घरेलु उद्यमीलाई ब्याजमा अनुदान दिने घोषणा समेत गरेको छ । यसवाहेक सरकारले सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने भएको छ । साथै बचत तथा ऋणका सहकारी मर्ज गर्ने नीति लिएको छ ।
यस्तै बजेट विनियोजन कुशलता कायम गर्ने र राजस्वको नयाँ स्रोत खोज्ने पनि राष्ट्रपति पौडेलले बताए । साथै बजेट विनियोजन प्रणालीमा सुधार गरिने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।