१९ वैशाख/अर्थ र व्यापार – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु पुगेका श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटवार्ता दुई देशबीचको सम्बन्ध, पर्यटन, ऊर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवको आदानप्रदान गर्दै नेपाल र भुटानबीच सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्री तोग्बेले नेपालको सोह्रौं योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने जिज्ञासा राखेका थिए ।
तपाईको प्रतिक्रिया