logo

नीति तथा कार्यक्रममाथि संसदमा ६ दिन छलफल हुने, ९ जेठमा पारित गर्ने कार्यसूची

    802   पटक पढिएको


२ जेठ/अर्थ र व्यापार – सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथी संसदमा ६ दिनसम्म छलफल हुने भएको छ ।
सदनमा छलफल तथा बहश भएपछि मात्र यस नीति तथा कार्यक्रम पारित गरिने व्यवस्था छ ।

तर, अहिले सरकारका गृहमन्त्री रबि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै राजिनामा माग गरिरहेको प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले गर्दै आएको संसद अबरोधलाई छिचोलेर बल्ल सरकारले यो नीति तथा कार्यक्रम पास गर्नुपर्ने हुन्छ ।
अहिलेको अवस्थामा यो काम गर्नु सरकारलाई निकै चुनौती देखिएको छ ।

प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी ९ जेठमा पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।
प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार भोली ३ जेठबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ । सोही कार्यसूचि अनुसार अब आगामी ४ जेठ, ६ जेठ, ७ जेठ र ८ जेठमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

त्यसपछि आगामी ९ जेठमा पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।
नीति तथा कार्यक्रम चलिरहेकै समयमा समेत शून्य समय,विशेष समय,केही विधेयक अघि बढाउने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम चलाउने लगायतका विषयसमेत सञ्चालन गरिने संसदीय क्यालेन्डरमा कार्यसूचि तय भएको छ । सोही कार्यसूचि अनुसार सरकार अघि बढ्ने छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणा सहित ५ हजारलाई रोजगारी दिने जस्ता कार्यक्रम अघि सारिएको छ ।
त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।