logo

तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमै भयो दुई सम्झौता

    701   पटक पढिएको


१६ वैशाख/अर्थ र व्यापार – तेस्रो लगानी सम्मेलन सुरु भएको पहिलो दिन आइतबार उद्घाटनकै क्रममा निजी क्षेत्रबाट दुईवटा सम्झौता भएका छन् ।
निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनकै अवसरमा आइतबार द्विपक्षीय सम्झौता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएको सो अवसरमा नेउवा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टानसी थायन लाइले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि व्यापार र लगानी प्रवद्र्धनका लागि महासंघले मलेसियाको नेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजसँग सहकार्य गर्ने बताइएको छ ।
यसैगरी, सम्मेलन उद्घाटनकै क्रममा डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ ।
यस सम्झौतामा बीएलसी होल्डिङ्सका प्रवन्ध निर्देशक मेघा चौधरी र भारतको योट्टा सर्भिसेज्का सीइओ सुनिल गुप्ताले हस्ताक्षर गरेका हुन । मेघा चैधरी व्यवसायी बसन्त चौधरीकी छोरी हुन् ।
यो सम्झौतापछि अब भारतको योट्टा डेटा सर्भिसेसले नेपालको बीएलसी होल्डिङ प्रालिसँग संयुक्त लगानीमा काठमाडौंको रामकोटमा डेटा सेन्टर बनाउने भएको छ । योट्टाले बीएलसीसँगको सहकार्यमा रामकोटमा डेटा सेन्टर निर्माण गर्ने लक्ष्यकासाथ आइतबार लगानी सम्मेलनको उद्घाटन सत्रमा यस डेटा सेन्टर स्थापनाका लागि दुईपक्षिय सम्झौता भएको हो।
बीएलसी होल्डिङ वसन्त चौधरीको कम्पनी हो भने योट्टा भारतको प्रख्यात बहुर्राष्ट्रिय हीरानन्दानी ग्रुपको सहायक कम्पनी हो। बीएलसी होल्डिङकी प्रबन्ध निर्देशक मेघा चौधरी र योटा डेडा सर्भिसेस सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सो सम्मेलनका क्रममा सम्झौता आदानप्रदान गरेका हुन्। साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने यस डेटा सेन्टरमार्फत योट्टा नेपालमा प्रवेश गरेको हो । यसले भारतको डिजिटल सेवा विस्तार गर्ने कम्पनीको लक्ष्यलाई अघि बढाएको योट्टाले जनाएको छ ।
बीएलसी र योट्टाले यो रणनीतिक ‘जोइन्ट भेन्चर’लाई एक ‘अद्वितीय साझेदारी’ भनेका छन्। बीएलसीसँग भएको स्थानीय स्रोत, नियामक सूक्ष्मता र स्थानीय सम्बन्ध तथा ग्राहकको नेटवर्कलाई सदुपयोग गर्ने योट्टाले जनाएको छ।
योट्टाले विश्वव्यापी विशेषज्ञता, अन्तर्राष्ट्रिय मापदण्ड, उत्कृष्ट अभ्यासहरू, उन्नत प्रविधिमार्फत आफ्नो विशाल प्लेटफर्ममा रहेको हाइपरस्केल र उद्यम ग्राहकहरूसहित फराकिलो बजारमा नेपालको पहुँच बढाउनेछ । योट्टासँग ५ वटा ठूला डाटासेन्टरहरूको पोर्टफोलियो छ, जसमध्ये नवी मुम्बई र ग्रेट नोएडा हाइपरस्केल क्याम्पसहरूका अंश हुन्।
नेपालमा निर्माण हुने डेटा सेन्टरले ४ मेगावाटसम्मको महत्वपूर्ण आईटी लोड प्रदान गर्नेछ। आगामी २४ महिनामा यसको निर्माण पूरा हुने अपेक्षा गरिएको छ । सम्झौताअनुसार ‘के वान’ नाम दिइएको यो डेटा सेन्टर करिब ११ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । यसले इन्टरप्राइज र हाइपरस्केल दुवै ग्राहकका लागि ‘फ्युचल प्रुफ’ सेवा प्रदान गर्नेछ।
टायर थ्री स्टान्डर्डमा निर्माण हुने ‘के वान’ नेपालकै सबैभन्दा ठूलो र पहिलो सुपर क्लाउड डेटा सेन्टर हुनेछ। डाटा सेन्टरलाई मोड्युलर डिजाइनको साथ निर्माण गरिनेछ । यसले उद्योगको अग्रणी अपटाइम, विश्वसनीयता, स्केलेबिलिटी र ग्राहकहरूलाई लचिलोपन प्रदान गर्ने योट्टाले जानकारी दिएको छ । आइएसओले निर्धारण गरेको मापदण्डको आधारमा डेटा सेन्टरले इन्फरमेसन सेक्युरिटी र डेटा प्राइभेसीमा जोड दिने छ ।
‘योट्टाले क्षेत्रीयस्तरमै टप टायर डेटा सेन्टर स्थापना गर्ने योजना बनाएको छ। नेपालसँगको सम्झौताले लक्षित बजारसम्म पुग्ने हाम्रो योजनालाई बढावा दिनेछ,’ योट्टा डेटा सर्भिसका सह–संस्थापक तथा सीइओ सुनिल गुप्ताले भने।
बीएलसीकी प्रबन्ध निर्देशक मेघा चौधरीले भने रामकोटमा डेटा सेन्टरमा मात्रै नभई आइसीटी इकोसिस्टम नै तयार गर्ने बताइन्। स्टेट–अफ–आर्ट फिचरमा निर्माण हुने फेसिलिटीको डिजाइन ग्लोबल हाइपर स्केलर्स र एआई विकासका लागि महत्वपूर्ण हुनेछ । यो परियोजनाले निर्माण क्षेत्रदेखि उच्च प्राविधिक क्षेत्रसम्मको रोजगारी सिर्जना गर्दै नेपाली जनशक्तिलाई थप दक्ष बनाउने उनको अपेक्षा छ। ‘यो सहकार्यले नेपालको प्रविधि क्षेत्रमा स्थानीय साझेदारी र नियन्त्रण सुनिश्चित गर्नेछ र नेपालको डेटा सुरक्षाको चुनौतीलाई सम्बोधन गर्नेछ’ चौधरीले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।