logo

१० महिनामा ६० प्रतिशत बजेट खर्च, पूँजिगत खर्च जम्मा ३७ प्रतिशत मात्र

    560   पटक पढिएको

१ जेठ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका १० महिनाको अवधीमा सरकारको बजेट खर्च करिब ६० प्रतिशत भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलब ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रुपैयाँ बराबर खर्च भएको देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये वैशाख मसान्तसम्ममा चालुगतखर्च तर्फ वार्षिक विनियोजनको ६५ दशमलब ९१ प्रतिशत खर्च भएको छ ।
चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
पुँजीगत शीर्षकमा ३ खर्ब दुई अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलब ०४ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ ।
यसैगरी, वित्तीय व्यवस्थातर्फ ६२ दशमलब ६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ४५ लाख २२ हजार रुपैयाँ बराबर खर्च भएको हो ।
यस अवधिको कुल सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५८ दशमलब २ प्रतिशत छ । चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा ८ खर्ब ५७ अर्ब दुई करोड ८० लाख रुपैयाँ बराबर असुली भएको छ ।
त्यसैगरी, कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख रुपैयाँ बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलब २१ प्रतिशत अर्थात् ७ खर्ब ४६ अर्ब ८३ करोड २८ लाख रुपैयाँ बराबर उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ बराबर लक्ष्य रहेकोमा ७२ दशमलब ७ प्रतिशत अर्थात् ८५ अर्ब १० करोड चार लाख रुपैयाँ बराबर असुली भएको छ ।
त्यस्तै, ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर अनुदान लिइएको महालेखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।