logo

‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन सुरु, बहुराष्ट्रिय चिसो पेय पेयपदार्थहरुलाई धक्का

    1258   पटक पढिएको


२७ वैशाख/अर्थ र व्यापार – बढ्दो गर्मिसँगै कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । यो उद्योगले वैैशाख पहिलो सातादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुुरु गरेको हो ।
५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी महीको व्यवसायिक उत्पादन सुरु गरेको दाबी गरेको छ । हाल यस उद्योगले एक लिटरको बोतलमा मही बजारमा ल्याएको छ ।
सुरुआती चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका बजार क्षेत्रमा दैनिक एक हजार लिटर मही बिक्रि भइरहेको सो उद्योगका सञ्चालक जनक न्यौपानेले बताए । ‘बुद्धभूमि’ ब्रान्डमा बजारमा आएको महीको उपभोक्ता मूल्य ५० रुपैयां कायम गरिएको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ खर्च भएकाले उद्योगको प्रतिबोतल लागत ४० रुपैयाँ रहेको न्यौपानेले बताए ।
अहिलेलाई उत्पादन गरेको ५ दिनसम्म मही उपभोग योग्य हुने सो उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एकहजार लिटर मही ५ दिन अगावै बिक्रि भएको छ, बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’, न्यौपानेले भने ।
अहिले मुलुकभरका सबै बजारमा पाइने बहुराष्ट्रिय र अन्य कम्पनीका चिसो पेय पदार्थको विकल्पमा उपभोक्ताले महीलाई राम्रो भनेर सकारात्मक प्रतिक्रिया दिँदै धमाधम खरिदगर्न थालेपछि आफु यस व्यवसायमा थप उत्साहित भएको न्यौपानेले बताए ।
विक्री सुरुभएको छोटो अवधीमा नै अहिले स्थानीय बजारमा बुद्धभुमि ब्रान्डका महीको माग उच्च हुन थालेपछि हाल बजारमा विक्री भईरहेका कोकाकोला, पेप्सी, फेन्टा, इस्प्राइट तथा विभिन्न ब्रान्डका चिसो पेयपदार्थको व्यापारमा समेत धक्का लाग्न थापेको स्थानीय उपभोक्ताहरुको भनाई छ । उनीहरुले अन्य केमिकल मिसाएर बनाइएको चिसो पेयपदार्थ खानु भन्दा आफ्नै गाउँशहरमा उत्पादित स्वच्छ र स्वास्थ्यवद्र्धक चिसो मही किनेर खानु धेरै राम्रो हुने भएकाले अहिले स्थानीस्य बजारमा यो ब्रान्डका सुद्ध महीको माग अत्यधिक बढेको बताए ।
महीको बिक्रि वितरण प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट महीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया अघि बढेको र लगानी थपेर काम गर्न लागेको सो उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।
अन्य चिसो पेय पदार्थको तुलनामा मही मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा.नन्दु पाठक बताउँछन् । भारतमा समेत मोहीको व्यवसायिक विक्रि भइरहेको भन्दै डा.पाठकले नेपालमा पनि यसलाई प्रवद्र्धन गर्नु राम्रो हुने सुझाए ।
महीको व्यवसायिक उत्पादन सफल भएमा किसानको दुध बिक्रि नहुने समस्या हट्ने उद्योगका अर्का सञ्चालक कमल न्यौपानेले बताए । हाल ५० हजार लिटर दुध बिक्रि गरिरहेको उद्योगले भविष्यमा धुलो (पाउडर) दुध उत्पादन र महीको उत्पादन बढाएर दैनिक एकलाख लिटर दुध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए ।
नारायणी पूर्वमा ७ वटा पाउडर दुग्ध उद्योग रहेका तर नारायणी पश्चिममा एउटा पनि पाउडर दुग्ध उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ । यो उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दुध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आबद्ध छन् । उद्योगले २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।