logo

मेल्टिङ प्लान्ट उद्योगीलाई अर्थमन्त्रीको जवाफ: कसैको अनुहार हेरेर कर हेरफेर गरिएको होइन न्यायोचित हिसाबले तय गरिएको हो, यसमा बिबाद नगरौं

    978   पटक पढिएको


१६ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले मेल्टिङ उद्योगीलाई करका दर हेरफेर गर्दा कसैको पनि अनुहार नहेरेको जवाफ दिएका छन्।
नेपाल फलामे छड उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गरी बिलेटमा आधारित उद्योगलाई पोस्ने गरी कर नीति अवलम्बन गराएको आरोप लगाएकामा अर्थमन्त्री पुनले करको दर हेरफेर कर्दा कसैको अनुहार नहेरेको दाबी गरेका हुन्।
अर्थमन्त्री पुनले मंगलबार सार्वजनिक भएको बजेटबारे स्पष्ट्र पार्दै व्यवसायीलाई बिरोध नगर्न आग्रह गरे । उनले यसमा सरकारले धेरै अध्ययन गरि राम्रोसित बुझेर मात्र बजेटमा समावेश गरिएकाले अहिले नै यसरी बिबाद नगर्न आग्रह गरे ।
आर्थिक विधेयक २०८१ मार्फत् बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत पु¥याएका छन्। यसलाई मेल्टिङ उद्योगीहरुले ३८ अर्बको लगानी डुबाउने कदम भनेका छन्।
‘स्पन्ज विगतमा विचलन भयो भन्ने भयो। अहिले स्पन्ज आइरनमा अर्काे विचलन नहोस् भन्ने हिसाबले कसैको अनुहार हेरेर भन्दा पनि समग्रमा न्यायोचित रूपले कर लगाइएको हो। यो सबै कच्चापदार्थ ल्याएर नै तयारी गरिन्छन्।

त्यसरी कुन चाहिँ कच्चा पदार्थलाई प्राथमिकता दिने भन्ने हिसाबले तीनवटा स्ल्यावसहित कर चलाइएको हो,’ मन्त्री पुनले पत्रकारसँग भने, ‘सबै उद्योगलाई संरक्षण गर्ने हिसाबले निष्कर्षमा पुग्नुपर्छ भन्ने हिसाबले इमानदारीपूर्वक प्रतिस्पर्धा गर्न न्यायोचित होस् भन्ने हिसाबले कर तय गरिएको हो।’
मेल्टिङ उद्योगीले भने कच्चा पदार्थ आयात गर्दै स्वदेशमा ५० प्रतिशत भ्यालु एडिसन गर्ने उद्योगलाई धरासायी बनाउँदै १२ प्रतिशतभन्दा कम भ्यालु एडिसन गर्ने उद्योगलाई पोस्न कर नीति परिवर्तन गरेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।