logo

उद्योगी व्यवसायीमा आशा जगाउने बजेट ल्याएको अर्थमन्त्री पुनको दाबी

    894   पटक पढिएको


१६ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले अहिलेको आर्थिक शिथिलतालाई अन्त्य गर्ने गरी बजेट ल्याएको र निजी क्षेत्रले यसको स्वागत गरेको दाबी गरेका छन्।
उनले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी आमजनतादेखि उद्योगी व्यवसायीमा आशा जगाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका हुन्। बजेट सार्जजनिक भएपछि नागरिकमा देखिएको प्रभाव निजी क्षेत्र र प्रतिपक्षले दिएको प्रतिक्रिया हेर्दा बजेट सन्तुलित आएको उनको दावी छ ।
अर्थमन्त्री पुनले केही व्यक्तिको दबाबमा बजेट निर्माण नगरिएको बताएका हुन्। ‘केही प्राविधिक त्रुटिबाहेक बजेटमा समस्या छैन। बजेटले अहिलेको आर्थिक शिथिलता अन्त्य गर्नेछ। उद्योगी व्यवसायीमा आशा जगाएको छ,’ उनले भने, ञअहिलेको अर्थतन्त्रलाई गति दिने गरी बजेट ल्याउने कुरा निर्माणकै क्रममा भन्दै आएको थिएँ। त्यहीअनुसार ल्याइएको हो’।
बजेटले अर्थतन्त्रको संरचनागत सुधारको बाटो तय गर्न खोजेको उनको दाबी छ। ‘देशलाई गति दिन नयाँ चरणको आर्थिक सुधार गर्न खोजिएको छ। त्यसका लागि आयोग गठन गर्छौं,’ उनले भने । उनले बजेटमार्फत ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउने नीति लिएको बताए। ‘ठूला पूर्वाधारमा राज्य एक्लैले लगानी गर्न सक्दैन। निजी क्षेत्रलाई सहभागी गराउने नीति बजेटले अंगीकार गरेको छ,’ उनले भने।
बजेटमा पूरा हुन नसक्नेभन्दा सञ्चालनमा रहेका र पूरा हुने चरणमा पुगेका आयोजनालाई बजेट सुनिश्चितता गरेको बताए। ‘सञ्चालनमा रहेका आयोजनालाई बीचमै डिस्कन्टिन्यु गर्ने प्रवृत्ति रोक्न खोजिएको छ,’ उनले भने।
अर्थमन्त्री पुनले निजी क्षेत्रको साथ बिना आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताए। बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ। उनले प्रदेश र स्थानीय तहलाई समेत रोजगारी सृजनामा अघि बढाउने दिशामा बजेट केन्द्रित रहेको दाबी गरे। यस्तै बजेटले प्राथमिकता तय गरेको दाबी पनि गरे।
‘धेरैतिर प्राथमिकता छर्नेभन्दा पनि ५ रुपान्तरणकारी उद्देश्यका साथ बजेट अघि बढेको छ,’ उनले भने, ‘नयाँ क्षेत्रको रुपमा सूचना प्रविधि उदाएको छ। नेपाल यही क्षेत्रमा प्रतिस्पर्धी बन्न सक्ने छ । १० वर्षमा ३० खर्ब रुपैयाँबराबरको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य महत्त्वाकांक्षी होइन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।