logo

उद्योगी व्यवसायीमा आशा जगाउने बजेट ल्याएको अर्थमन्त्री पुनको दाबी

    619   पटक पढिएको


१६ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले अहिलेको आर्थिक शिथिलतालाई अन्त्य गर्ने गरी बजेट ल्याएको र निजी क्षेत्रले यसको स्वागत गरेको दाबी गरेका छन्।
उनले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी आमजनतादेखि उद्योगी व्यवसायीमा आशा जगाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका हुन्। बजेट सार्जजनिक भएपछि नागरिकमा देखिएको प्रभाव निजी क्षेत्र र प्रतिपक्षले दिएको प्रतिक्रिया हेर्दा बजेट सन्तुलित आएको उनको दावी छ ।
अर्थमन्त्री पुनले केही व्यक्तिको दबाबमा बजेट निर्माण नगरिएको बताएका हुन्। ‘केही प्राविधिक त्रुटिबाहेक बजेटमा समस्या छैन। बजेटले अहिलेको आर्थिक शिथिलता अन्त्य गर्नेछ। उद्योगी व्यवसायीमा आशा जगाएको छ,’ उनले भने, ञअहिलेको अर्थतन्त्रलाई गति दिने गरी बजेट ल्याउने कुरा निर्माणकै क्रममा भन्दै आएको थिएँ। त्यहीअनुसार ल्याइएको हो’।
बजेटले अर्थतन्त्रको संरचनागत सुधारको बाटो तय गर्न खोजेको उनको दाबी छ। ‘देशलाई गति दिन नयाँ चरणको आर्थिक सुधार गर्न खोजिएको छ। त्यसका लागि आयोग गठन गर्छौं,’ उनले भने । उनले बजेटमार्फत ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउने नीति लिएको बताए। ‘ठूला पूर्वाधारमा राज्य एक्लैले लगानी गर्न सक्दैन। निजी क्षेत्रलाई सहभागी गराउने नीति बजेटले अंगीकार गरेको छ,’ उनले भने।
बजेटमा पूरा हुन नसक्नेभन्दा सञ्चालनमा रहेका र पूरा हुने चरणमा पुगेका आयोजनालाई बजेट सुनिश्चितता गरेको बताए। ‘सञ्चालनमा रहेका आयोजनालाई बीचमै डिस्कन्टिन्यु गर्ने प्रवृत्ति रोक्न खोजिएको छ,’ उनले भने।
अर्थमन्त्री पुनले निजी क्षेत्रको साथ बिना आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताए। बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ। उनले प्रदेश र स्थानीय तहलाई समेत रोजगारी सृजनामा अघि बढाउने दिशामा बजेट केन्द्रित रहेको दाबी गरे। यस्तै बजेटले प्राथमिकता तय गरेको दाबी पनि गरे।
‘धेरैतिर प्राथमिकता छर्नेभन्दा पनि ५ रुपान्तरणकारी उद्देश्यका साथ बजेट अघि बढेको छ,’ उनले भने, ‘नयाँ क्षेत्रको रुपमा सूचना प्रविधि उदाएको छ। नेपाल यही क्षेत्रमा प्रतिस्पर्धी बन्न सक्ने छ । १० वर्षमा ३० खर्ब रुपैयाँबराबरको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य महत्त्वाकांक्षी होइन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।