logo

एमबीबीएस पढ्न सरकारले शैक्षिक कर्जा उपलब्ध गराउने, दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट

    477   पटक पढिएको


१५ जेठ/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने उनले बताए । यसैगरी, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने, ‘चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।’ त्यसैगरी, चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ ।
यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका हुम्ला जुम्ला, मुगु डोल्पा र कालिकोटमा दिँदै आएको दिवा खाजा रकम वृद्धि गरेको घोषणा गरेका छन् ।
दिवा खाजामा स्थानीय उत्पादन उपयोग गर्नुपर्नेछ ।यस्तै अति विपन्न र सिमान्तकृत कक्षा ९ देखि १२ कक्षासम्म दिँदै आएको छात्रवृति कक्षा ६ देखि विस्तार गर्ने भएको छ ।
कक्षा १२ सम्म दिइने यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उनले बताए । विद्यालय तहमा दिइने सबै प्रकारका छात्रवृत्तिको लागि ६० करोड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ८७ करोड विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।