logo

नागरिक उड्डयन प्राधिकरण अब दुई स्वायत्त निकाय हुने

काठमाडौँ– मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ ।

02-01-18

सनराइज बैंकको लुभु शाखा ललितपुरमा स्थानान्तरण

काठमाडौं । सनराइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुर जिल्लामा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओमकृष्ण जोशीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

31-12-17

संचय कोषको प्रशासकमा दीपक रौनियार नियुक्त

काठमाडौं । कर्मचारी संचय कोषको प्रशासकमा दीपक रौनियार नियुक्त भएका छन् । शुक्रबारको मन्त्रिपरिषद बैठकले कोषको प्रशासकमा नियुक्त गरेको हो ।

30-12-17

एनटीभीएको अध्यक्षमा रामशरण कार्की

नेपाल पर्यटक यातायात व्यवसायी संघको अध्यक्षमा रामशरण कार्की चयन भएका छन । शुक्रवार सम्पन्न संघको चौंधौं वार्षिक साधारण सभाले संघको नयाँ नेतृत्व चयन गरेको हो ।

29-12-17

छालाजन्य जुत्ता–चप्पल तथा वस्तु प्रदर्शनी सुरु

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको १४औं राष्ट्रिय प्रर्दशनी बिहीबारबाट राजधानीमा सुरु भएको छ । १८ गतेसम्म चल्ने सो प्रदर्शनीको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका हुन् ।

29-12-17

वित्त आयोग सचिवालयमा अर्याल

सरकारले अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई प्राकृतिक स्रोत तथा वित्त आयोग सचिवालयमा सचिवको जिम्मेवारी दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई निजामति सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दैै कायममुकायम सचिवका रूपमा अर्याललाई वित्त आयोगको जिम्मेवारी दिएको हो ।

29-12-17

८ वर्षपछि नबिल बैंकमै फर्किए अनिलकेशरी शाह

काठमाडौं । अनिलकेशरी शाह ८ वर्षपछि नबिल बैंकमै फर्किने भएका छन् । नबिल बैंकको बोर्ड बैठकले शाहलाई पुनः प्रमख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेको हो । उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा  बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए । उनी मेगाबाट सेञ्चुरी बैंकमा जान समहत भएका थिए ।

28-12-17

रानीपोखरीको काम १५ दिन लागि स्थगित

रानीपोखरी पुनर्निर्माणको काम १५ दिनका लागि स्थगित भएको छ । महानगरपालिका, पुरातत्व विभाग र सरोकारवालाबीच बिहिबार बिहान भएको बैठकमा पुनर्निर्माणको काम १५ दिन रोक्ने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । 

28-12-17

१४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न कुलमान भारत प्रस्थान

काठमाडौँ । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ ।

26-12-17

नेपालमा पहिलोपटक हिमालयन हाइड्रो एक्स्पो हुने

काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको हिमालयन हाइड्रो एक्स्पो २०१८ पुष २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।11

26-12-17

नेपाल जेसिजको अध्यक्षमा श्रीधर बश्याल निर्वा्चित

रुपन्देही । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा श्रीधर बश्याल निर्वा्चित हुनु भएको छ । रुपन्देहीको भैरहवामा सम्पन्न जेसिजको ४४ औँ महाधिबेसनले सन् २०१८ का लागि बश्याललाई नेपाल जेसिजको अध्यक्षमा निवार्चित गरेको हो ।

25-12-17

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९र४० सम्ममा विद्युतको माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । 

25-12-17

एनसेलको लाभांश लैजान सर्वोच्चले खोलिदियो बाटो

सर्वोच्च अदालतले एनसेलको लाभांश विदेश लैजाने कानुनी बाटो खोलिदिएको छ । कानुनी दायित्व पूरा गरेको  कम्पनीको लाभांश रोक्नु संवैधानिक प्रावधान विपरीत हुने भन्दै उक्त कार्यमा बाधा नगर्न सर्वोच्चले ठूला करदाता कार्यालय तथा राष्ट्र बैङ्कका नाममा अन्तरिम आदेश जारी गरेको हो । 6

25-12-17

राष्ट्र बैंकले भन्यो कर्जा लगानीमा सावधानी अपनाऊ

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ ।  चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । 

24-12-17

 एनएमबि माइक्रोफाइनान्सका अध्यक्षबाट शपथ ग्रहण

काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा आगामी ४ वर्षको लागि पुनः नियुक्त भएका अध्यक्ष उत्तम भ्लोनले आइतबार बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्रीनारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

24-12-17

विद्युत प्राधिकरणले सुरु गर्यो कर्मचारीसंग कार्य सम्पादन सम्झौता

काठमाडौं नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ ।

24-12-17

फेसबुकमा नयाँ प्राइभेसी फिचर

विश्वकै नम्बर एक सामाजिक संजाल कम्पनी फेसबुकले ग्राहकको सुविधाका लागि नयाँ फिचरहरू थप गरेको छ । फेसबुकले थपेको नयाँ फिचरहरूमा कसैले आफ्नो फोटो फेसबुकमा अपलोड गरेमा सम्बन्धित प्रयोगकर्तालाई अलर्ट गर्ने लगायत छन् । 

22-12-17

खनिज सम्पदा महाशाखाले १ सय २९ कम्पनीलाई खनिज उत्खनन अनुमति प्रदान

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

20-12-17

विद्युत प्राधिकरणले सुरु गर्यो विद्युतीय गाडीको लागि विद्युतीय पेट्रोलपम्प 

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय पेट्रोलपम्प (चार्जिङ स्टेसन) सुरु गरेको छ । प्राधिकरण मुख्यालय रत्नपार्कमा चिनियाँ कम्पनी बिवाईडी अटोसँग सहकार्य गरेर विद्युतीय पम्प सुरु गरिएको छ ।

20-12-17

पेट्रोलको मूल्य फेरी बढ्यो 

नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले मंगलटबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक–एक रुपैयाँ बढाएको हो ।

19-12-17

सुपर ग्यास उद्योगमा भीषण आगलागीे , २ अग्नि नियन्त्रकको मृत्यु

वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । 

19-12-17

इन्द्रमान तुलाधरको एन्फा अध्यक्ष पदमामा उम्मेदवारी दिने घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व सीईओ इन्द्रमान तुलाधरले एन्फा कार्यसमितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

19-12-17

जनकपुरमा पाँच दिनपछि हवाई सेवा सुचारु

जनकपुर। शीतलहर र कुहिरोको कारण आवश्यक भिजिविलिटी नपुगेर अवरुद्ध भएको जनकपुरको विमान सेवा पाँच दिनपछि मंगलबारदेखि सुचारु भएको छ ।

19-12-17

सरकारले आगामी आथिक वर्षको बजेट १६ खर्ब ल्याउने प्रारम्भिक योजना

काठमाडौं ।  सरकारले आगामी आथिक वर्ष २०७५ र ७६ का लागि करिब १६ खर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक योजना बनाएको छ ।

19-12-17

डिशहोमले पायो “इमर्जिङ्ग ब्राण्ड अवार्ड”

काठमाडौं–राजधानीको सोल्टी ब्राण्ड प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा डिश होमले “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ ।

19-12-17

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.