logo

नेपालमा पहिलोपटक हिमालयन हाइड्रो एक्स्पो हुने

    1303   पटक पढिएको

११ पुस / अर्थ र व्यापार - काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको हिमालयन हाइड्रो एक्स्पो २०१८ पुष २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

सरकारले ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएपनि त्यसअनुरुप काम नभईरहेको बेला हाइड्रो एक्स्पोले त्यो लक्ष्य भेटाउन सहयोग गर्ने स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेनद्र गुरागाईंले दावी गरे । भृकुटी मण्डप स्थित प्रदर्शनी कक्षमा ३ दिनसम्म चल्ने मेलामा हाइड्रो पावर निर्माता, हाइड्रो पावरमा प्रयोग हुने उपकरण उत्पादक, सप्लायर्स, डिजाईनर्स र कन्सलट्यान्ट, बीमा कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था समेत गरी १०० वटा स्टल रहने आयोजक ईपानले जानकारी दिएको छ ।

मेलामा भारत र चीनका जलविद्युत उत्पादक कम्पनीको विशेष सहभागिता रहने जनाईएको छ । भारत र चीन बाहेक दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्विडेन, बेलायत, ब्राजिल लगायतका मुलुकका सरोकारवाला कम्पनीको पनि सहभागिता रहने छ । मेलामा इटालीको सिएमसी, जर्मनीको भोइथ, भारतको क्रिष्टल, बिएफएल र फ्लोभेल, बुल्गेरियाको भापटेक, चेक रिपल्ब्लिकको माभेल र चीनको पावर चाईना र सिएसईसी जस्ता बहुराष्ट्रिय कम्पनी सहभागी हुने टुङ्गो लागेको आयोजकले जानकारी दिएको छ ।

विश्वका बहुचर्चित कम्पनीको सहभागिता हुने भएकाले मेलाले जलविद्युतको बजार विस्तारका साथै अनुभव र प्रविधि आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दावी छ । मेला अवधिमा पुष २१ गते हाइड्रो टनेलिङ, पुष २२ गते बैंकिङ तथा इन्स्योरेन्स र अन्तिम दिन पुष २३ गते हाइड्रोपावर सम्बन्धी सेमिनारहरु आयोजना गर्ने कार्यतालिका रहेको छ ।

मेला अवधिमा हाइड्रोपावरको विकासमा सहयोग पुग्ने गरि विद्यर्थीहरुबिच नयाँ अवधारणहरुको प्रतिस्पर्धा पनि गराईनेछ । उत्कृष्ट अवधारणा विकास गर्नेमध्ये प्रथम हुनेले ५५ हजार ५५५ रुपैयाँ दोस्रो हुनेले २२ हजार २२२ रुपैयाँ र तेस्रो हुनेलाई ११ हजार १११ रुपैयाँ पुरस्कार पाउने छन् । एक्स्पोको लागि नेपाल सरकार, उर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग र जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षक रहेका छन् ।

नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ,  नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन लगायतले पनि मेलालाई सहयोग गरेका छन् । यसका साथै नेपाल टर्ने्लिङ एसोसिएसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज, नेपाल भारत उद्योग वाणिज्य संघ, नेपाल युरोपिएन चेम्बर अफ कमर्स लगायत स्वदेशी तथा विदेशी कम्पनीको पनि सहयोग रहेको ईपानले जानकारी दिएको छ ।

बैंक, बीमा कम्पनी, ईन्जिनियर, जलविद्युत उत्पादक, उपकरण उत्पादक, लगानीकर्ता, उपकरण उत्पादक र वितरक, जलविद्युत उत्पादन गर्न रुची भएका लगायत समुहलाई लक्षीत गरि मेला आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।