११ पुस / अर्थ र व्यापार - रुपन्देही । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा श्रीधर बश्याल निर्वा्चित हुनु भएको छ । रुपन्देहीको भैरहवामा सम्पन्न जेसिजको ४४ औँ महाधिबेसनले सन् २०१८ का लागि बश्याललाई नेपाल जेसिजको अध्यक्षमा निवार्चित गरेको हो ।
अर्का प्रत्यासी महेश पौडेललाई ९ मतअन्तरले पराजित गर्दै बश्याल निर्वा्चित हुनुभएको हो । बश्यालले ६४८ र पौडेलले ६३९ मत ल्याउनुभयो । बश्याल रामग्राम जेसिज परासीका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा पदमबिक्रम सिंह, रश्मी सिल्पकार, असोक शंकर र विकास मानन्धर निर्वा्चित हुनुभएको छ ।
तपाईको प्रतिक्रिया