२१ पुस / अर्थ र व्यापार - काभ्रे–नबिल बैंकद्वारा प्रबद्र्घित नबिल फाउण्डेसनले धुलिखेल अस्पतालका बिरामीहरुका लागि सहयोग उपलव्ध गराएको छ । फाउन्डेसनले सो अस्पतालका बिरामीहरको हितलाई मध्यनजर गर्दै चारसय थान सिरक साथै एक सय थान सिरानी प्रदान गरेको हो ।
पौष १९ गते आयोजित एक समारोहका बीच नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले संयुक्त रुपमा अस्पातलका डिन राजेन्द्र प्रसाद कोजुलाई उक्त सामग्री हस्तानतरण गरेका हुन् ।
समारोहमा नबिल बैंक सञ्चालक समितिका सदस्य उपेन्द्र पौड्याल,प्रमुख कार्यकारी अधिकृत सशीन जोशी, नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी तथा प्रशासन प्रमुख राजेश्वरलाल श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया