logo

८ वर्षपछि नबिल बैंकमै फर्किए अनिलकेशरी शाह

    1440   पटक पढिएको

 

 

१३ पुस / अर्थ र व्यापार -  काठमाडौं । अनिलकेशरी शाह ८ वर्षपछि नबिल बैंकमै फर्किने भएका छन् । नबिल बैंकको बोर्ड बैठकले शाहलाई पुनः प्रमख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेको हो । उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा  बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए । उनी मेगाबाट सेञ्चुरी बैंकमा जान समहत भएका थिए ।

त्यसअनुसार सेन्चुरी बैंको सञ्चालक समितिले निर्णय गरेपनि उनले मासिक रूपमा बुझ्ने भनिएको तलबमा नेपाल राष्ट्र बैंकले असहमति जनाएको थियो । यही अवस्थामा बिहीबार शाहलाई नबिल बैंकमै फर्किने गरी निर्णय भएको छ । युवाअवस्थामै बैंकको सिईओ बनेका शाह अहिले बैंकर संघको अध्यक्ष पनि हुन् ।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ करिय थालेका शाहले यसअघि ५ वर्ष नबिलमै सिईओको रुपमा काम गरेका थिए । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी सेञ्चुरी बैंक पुगेका थिए ।

तर, अब उनी नबिलमा शशीन जोशीको स्थानमा नियुक्त भएका छन् । राष्ट्र बैंकको नियमअनुसार सिईओले एउटै बैंकमा लगातार दुई कार्यकाल मात्रै काम गर्न पाउाछन् । शाहले भारतको दिल्ली विश्व विद्यालयबाट एमबीए गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।