logo

अव्वल वन्दै साना उद्योग

–प्रदीप न्यौपाने

    3515   पटक पढिएको

आर्थिक विकासका लागि धेरै कार्यक्रमहरु निर्माण हुने गर्दछन् । तर, दिगो आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन र अनुसन्धान भने हुन सकेको पाईदैन् । सरकारी तथा ग्रैर सरकारी संस्थावाट उद्यमी सृजना गर्ने भन्दै वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु अगाडी नआएका भने होईनन् । त्यैपनि त्यस्ता कार्यक्रम लक्षीत समुदायका व्यक्तिसम्म पुग्न सकेको पाईदैन् । सरकारी वा गैरसरकारी संस्थावाट संचालनमा आएका केही कार्यक्रमहरु निकै प्रभाबकारी छन । यस्ता कार्यक्रम लक्षीत वर्गसम्म पुग्दा त्यसले दिगो आर्थिक विकाश उद्यमीलाई मात्र गदैन्, देशको आर्थिक विकाशमा महत्वपुर्ण भुमिका खेल्ने गर्दछ ।

आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगहरुको विकास र विस्तार आजको अपरिहार्य आवश्यकता हो । उपलब्ध स्थानिय स्रोत साधनको परिचालन तथा रोजगार सृजनाका अतिरिक्त दिगो आर्थिक विकासको क्षेत्रमा यस्ता उद्योगहरुले महत्वपुर्ण भुमिका खेल्दै आएका छन् । स्वदेशी कला, परम्पराको संरक्षण र प्रवद्र्धन लगायत निर्यातमा बृद्धि तथा आयात प्रतिस्थापनमा लघु, घरेलु तथा साना उद्योगहरुको महत्वपुर्ण योगदान रहेको छ । स्वदेशमै खेर जाने स्रोत र साधनलाई अधिकत्तम रुपमा प्रयोग गर्दा सजिलैसँग आर्थिक विकास गर्न सकिन्छ । लघु, घरेलु तथा साना कुटील उद्योग संचालनका लागि लगानी आवश्यक पदैन् । केवल हातमा सिपहुँदा प्रयाप्त हुन्छ ।

उद्यमी वन्न चाहनेका लागि घरेलु तथा साना उद्योग विकास समिति र विभागले निःशुल्क रुपमा सिप दिने गर्दछ । सिपमात्र होईन, अहीले त उद्यमीलाई प्रविधि समेत दिएर उद्योग गर्ने र उद्यमी बनाउने कार्यलाई जोड दिने गरेको पाईन्छ । सानो लगानीवाट उद्योग संचालन गरी लाखौ आम्दानी गर्ने उद्यमीको संख्या मुलुकभर दर्जनौ छ । स्थानिय स्तरमा रहेका स्रोत र साधनलाई प्रयोग गर्दा उद्योग संचालन गर्न सकिन्छ । लघु, घरेलु तथा साना उद्योग संचालन गर्ने ईच्छा भएमा १ हजार रुपयाँ लगानि गर्दा पनि प्रयाप्त हुन्छ । साना र कुटील उद्योग संचालनका लागि केवल सिप र ईच्छा शक्ति भने आवश्यक पर्छ । सिप विना संचालन भएका उद्योग दिर्घकालीन रुपमा टिक्न सक्दैनन् । उद्योग संचालन गर्न अगावै आफुले कुन उद्योग संचालन गर्ने भन्ने योजनाका साथ सिप सिक्न आवश्यक हुन्छ । निरन्तर रुपमा मेहनत गर्नेका लागि हातको सिप नेपालमै सुन फलाउने र दर्जनौ व्यक्तिलाई रोजगारी दिने अवसरको रुपमा परिणत भएकाछन् ।

सानो लगानीवाट पनि धेरै आम्दानी गर्न सकिन्छ भन्ने विषयमा दुर्गम, ग्रामिण क्षेत्रका जनातामा चेतना जगाउन आवश्यक देखिन्छ । गैरसरकारी संस्थाले ग्रामिण तथा दुर्गम क्षेत्रका जनताको आयआजन बृद्धिमा धेरै कार्यक्रम लैजाने गर्दछन् । यस्ता कार्यक्रमको फलदायीता तथा उपलव्धीका विषयमा कसले गनुगमन गर्ने, यद्यपी अनुगमन कार्यलाई प्रभाबकारीता बनाउन सकेमा मात्र उद्यमी सृजना हुन्छन् । हाम्रो छीमेकी राष्ट्र भारतमा महात्मा गान्धिले पनि लघु, घरेलु तथा कुटील उद्योगको माध्यमवाट आर्थिक अवस्थामा सुधार गर्दै ठुला उद्योग वन्द गरेर यस्ता उद्योगको माध्यमवाट दिगो आर्थिक विकाशलाई अगाडी बढाएको पाईन्छ । अत, नेपालमा पनि दिगो आर्थिक विकाश गर्न र प्रत्येक घरमा कुटील उद्योग मार्फत स्वरोजगारी बनाउन अहीलेको आवश्यकता हो ।

प्राकृतिक रेशाजन्य बिरूवाका बोक्रालाई प्रशोधनबाट बनाइएका वस्तुमवाट पनि आम्दानी सहज रुपमा गर्न सकिन्छ । देशका विभिन्न क्षेत्रमा यत्तिकै खेर गइरहेका रेशाजन्य बिरूवाका बोक्रालाई सङ्कलन र प्रशोधन गरेर तयार गरिएको धागोबाट उद्योगमा तयार गरेका वस्तु स्वदेशी साथै अन्तराष्ट्रिय बजारमा समेत लोकप्रिय बनेका छन् । प्राकृतिक रेशालाई प्रशोधन गरिएको धागोबाट बन्ने क्याप÷टोपी, ज्याकेट, कोट, ट्राउजर, चप्पल, जुत्ता, किचन चप्पल, ब्याग, पर्स÷वालेट, ह्याण्ड ब्याग, स्काप, रूमाल, डोर म्याट, टेबल म्याट, तकिया खोल, सोफा÷गाडीमा चाहिने सीटका कभरलगायतका सामग्री वन्दछ । सानो लगानीबाट प्राकृतिक रेशाजन्य वस्तुबाट तयार हुने सामग्रीमार्फत घरेलु उद्यम थालेका धेरैको अवस्था अहिले कायापलट मात्रै भएको छैन उनीहरूले सयौंको संख्यामा रोजगारी समेत दिइरहेका छन् । न खेती गर्नुप¥यो, नत सिंचाई, मलखाद र खडेरीकै चिन्ता । गाउँका भीरपाखा, वनजंगलमा सजिलै उपलब्ध हुने रेशाजन्य बिरूवाका लोक्ता प्रशोधन गरेर बनेको धागोबाट आम्दानी हुन थालेपछि पछिल्लो समयमा यस व्यवसायतर्फ उद्योग गर्नेको संख्या बढेको पाइन्छ । यसमा लाग्नेहरूको संख्या ह्वात्तै बढेको छ ।

रेशालाई प्रशोधन गर्ने सीप सिकेपछि कृषकको आम्दानीको स्रोत बन्नुका साथै आफ्नो क्षमता र लगानीले भेट्ने साना उद्यम थालेका उनीहरू आज देशको आर्थिक गतिविधिमा टेवा दिने तहमा पुगेका छन् । उनीहरू नाम–दाम आर्जनसँगै परम्परा–संस्कृतिको सम्वद्र्घनमा पनि सफल भएका छन् । अल्लो, हेम्प, केरा, केतुकी, भुईकटहर लगायतका बिरूवाका रेशाबाट बन्ने सामग्रीहरूलाई अन्तराष्ट्रिय बजारमा ‘ब्रान्ड’ को रूपमा स्थापित हुने प्रयत्नमा छन् । यस्ता रेशाजन्य बिरूवा विशेष गरी रूकुम, रोल्पा, बाजुरा, बझाङ, दार्चुलालगायत ३७ जिल्लामा उपलब्ध हुने गर्दछ । वार्षिक एक लाख केजीभन्दा बढी आउने जिल्लामा प्युठान, जाजरकोट, दैलेख, डोटी, अछाम छन् । यही व्यवसायबाट गाउँ तहमा करिब छ लाख र शहरी क्षेत्रमा करिब तीन लाखले रोजगारी पाइरहेको अनुमानित तथ्याङ्क यसमा लागिरहेका व्यवसायीहरूको दावि छ ।


देशका दुर्गम एंव पहाडी जिल्लाहरुमा लघु, घरेलु तथा साना उद्योगहरुको विकास हुने र नेपाली उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्दा स्वदेशी वस्तुले बजार राम्रो पाउनेछन् । तर, यस्तो कार्यमा ध्यान पुगेको पाईदैन् । लघु, घरेलु तथा साना उद्योगको विकास भएमा मुलुकमा ठुला उद्योगको विकाश हुने क्रम निरन्तर रुपमा अगाडी बढ्छ । ठुला उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ साना उद्यमीले उत्पादन गर्दछन् । सीपमुलुक तालिमले बेराजगारीलाई गाउँमै रोजगारी दिएको, सीप नभएका युवालाई सीप सिकाएकोे, विदेश जाने युवालाई स्वदेशमा काम गरौँ गरौँ भन्ने अवस्था सिर्जना गराएका उदाहरणहरु प्रसस्तै छन् । उद्योग गरी उद्यमी वन्दै परनिर्भर होईन आत्मनिर्भर वन्ने कार्यमा जुट्दै मुलुकको आर्थिक विकासमा लाग्नु आवश्यक छ । यसका लागि सरकारी र गैरसरकारी निकायवाट संचालनमा आएका पुराना कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ युग अनुसार अगाडी बढ्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।