logo

नाट्टा निर्वाचन–२०२० : एजेण्डा न्युन, नेतृत्वको आंकांक्षा मात्र

नविन काफ्ले / विश्लेषण

    5595   पटक पढिएको

२७ पुष / नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको मिति आगामी मात्र ३ गते घोषणा गरिएपछि पर्यटन क्षेत्रमा चुनावी सरगर्मी सुरु भएको छ । त्यसो त पर्यटन क्षेत्रका संघ–संस्थाहरुमा वर्षैभरी चुनावी चहलपहल भई नै रहन्छ । कहिले चुनाव अगाडीको तयारी भने कहिले चुनाव पछाडीको प्रतिक्रियात्मक गतिविधि ।

यसपटक पनि नाट्टाको नेतृत्व लिन चाहने तीन वटा समुहहरु प्यानलसहित चुनावी गतिविधिमा होमिएका छन । नेतृत्वका आकांक्षी तीनै जना नाट्टाका लागी नयाँ होईनन, सबै केहि न केहि रुपमा परिक्षण भईसकेका छन । व्यक्तिगत रुपमा कसैका केहि गुण र क्षमता होलान,कसैका केहि कमजोरी । त्यता पनि नजाऔं ।

व्यक्ति भन्दा पनि उनीहरुले ल्याएका एजेण्डा र प्रतिवद्धता महत्वपूर्ण हुन । तीन वटै प्यानलका प्रतिवद्धताहरु हे¥यो भने ती वर्षौं अगाडीदेखिका कपिपेष्ट एजेण्डाहरु हुन । मुलुक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० र भ्रमण दशक मनाउने योजनामा छ तर यो समयमा पर्यटन क्षेत्रको सवैभन्दा पुरानो र ईतिहास बोकेको संस्थाको नेतृत्व लिन्छु भनेर अगाडी आएकाहरुले निजी क्षेत्रको तर्फवाट कुनै रचनात्मक एजेण्डाहरु अगाडी ल्याउन सकेनन,जसले गर्दा नाट्टाका सदस्यहरु मात्र होईन,सिंगो पर्यटन क्षेत्र उत्साही हुन सकेन ।

नाट्टा नेपालको पर्यटन क्षेत्रको पुरानो संस्था हो । ट्राभल र टुर व्यवसायीहरुको संस्था भएको कारण यसको मुख्य एजेण्डा ति व्यवसायीहरुको हित र समग्र नेपालको पर्यटन क्षेत्रको विकास नै हो । पर्यटन विभागको तथ्यांक अनुसार करिव २ हजारको संख्यामा नेपालमा ट्राभल एण्ड टुर कम्पनीहरु सञ्चलानमा छन । किन सवै ट्राभल एण्ड टुर कम्पनीहरु नाट्टाको सदस्य बन्न चाहेका छैनन वा तिनीहरुलाई पनि नाट्टामा ल्याउने विषयमा कसैले कुनै एजेण्डा ल्याएको देखिँदैन । त्यतिका संख्यामा ट्राभल एण्ड टुर कम्पनीहरु सञ्चालनमा रहेपनि उनीहरु नाट्टाको सदस्य बन्न नचाहेर करिव ५ सयको संख्यामा मात्र नाट्टामा सदस्यहरु हुनुको पछाडी यो केहि सिमित मानिसहरुले हालिमुहाली गर्ने स्थान हो भन्ने उनीहरुको बुझाई हो,कि त नाट्टाले सहि विषयवस्तुहरुलाई अगाडी ल्याउनुपर्ने आवश्यकताको महशुश हो ।

अर्कोतिर ट्राभल र टुर व्यवसायीहरुका उस्तै प्रकृतिका विभिन्न संस्थाहरु क्रियाशील छन । तिनीहरुलाई एकतावद्ध गर्ने वा यो क्षेत्रलाई एकतावद्ध गर्ने सन्दर्भमा पनि कसैको ठोस योजना देखिएन ।

सवैभन्दा महत्वपूर्ण विषय व्यवसाय हो । प्रविधिमा आएको विकास संगै विस्तारै नेपालमा ट्राभल एजेन्सिको प्रभावकारीता घट्दो छ भने अर्कोतिर एयरलाईन्सहरुले सिधै ग्राहकलाई टिकेट बेच्न थालेसंगै यो व्यवसायको चुनौती थप बढेको छ । यस विषयमा पनि कुनै पनि समुहले यथोचित सम्बोधन गर्न सकेको देखिएन । 

टुरका सन्दर्भमा पनि समस्या प्रशस्त छन । काठमाडौं उपत्यका भित्रका विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु २०७२ सालको भुकम्पपश्चात जीर्ण अवस्थामा छन । तिनीहरुको पुर्ननिर्माणका सन्दर्भमा सरकारलाई दवाव दिने विषयमा पनि तीन वटै प्यानलका प्रतिवद्धता पत्रहरु मौन छन ।

यसपटकको नाट्टा निर्वाचनमा एजेण्डाहरुमा नविनता र समयसापेक्ष नदेखिएपनि नेतृत्वको आकांक्षा राख्नेहरुमा भने वढोत्तरी भएको पाईयो । नेतृत्वको आकांक्षा राख्नेहरुले समय सापेक्ष एजेण्डाहरु ल्याउन सकेको भए मुलुक र सिंगो पर्यटन क्षेत्रले नै लाभ पाउन सक्थ्यो,त्यसो हुन सकेन । 

नाट्टाका सदस्यहरुको मनोवृत्तिलाई हेर्ने हो भने उनीहरु पार्टी र प्यानल भन्दा पनि व्यक्तिलाई हेर्ने र छान्ने गरेको विगतमा देखिन्छ । यसपटक पनि तीन मध्ये एकलाई छान्ने नै छन । यसका पछाडी उनीहरुको विगतको पृष्ठभुमी,आगामी योजना,सदस्यहरु संगको सम्बन्ध नै प्रमुख हुने देखिन्छ । यसपटकको नाट्टा निर्वाचनमा पर्यटन क्षेत्रका राजनीतिक दलनिकट संस्थाहरुको प्रभाव अत्यन्तै न्युन देखिन्छ । अर्कोतिर आँफुसंग यति भोट भएको भन्ने बिग हाउसहरुको भुमिका पनि घट्नुले यसपटकको निर्वाचनमा मिश्रित परिणाम आउने देखिन्छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।