logo

पर्यटन विकासका लागी तत्काल गर्नुपर्ने काम

बासु लम्साल

    4255   पटक पढिएको

वास्तवमा पर्यटकिय सम्भावनाका दृष्टिकोणले नेपाल विश्वमा नै अग्रस्थानमा छ । तर हाम्रा सम्भावनाहरुलाई हामीले चिन्न र सहि योजना र निति निर्माणको अभावमा हाम्रो पर्यटन क्षेत्र निकै पछाडी परेको अवस्था छ । पूर्वाधारको अभाव तथा ठूला योजनाहरु त बनेनन नै हामीसंग भएका र तत्काल सुधार गर्न सक्ने सानातिना विषयवस्तुहरुमा पनि हामीले ध्यान पु¥याउन र सुधार गर्न सकेका छैनौं ।

दुइ वर्ष अघिको भुकम्प, नाकावन्दीले थलिएको पर्यटन क्षेत्र दुई वर्ष वत्नै लाग्दा पनि उकासिन सकेको छैन । पछिल्लो समय हामीकहाँ भएका पर्यटन पूर्वाधारहरु पनि विग्रदैं गएका छन । पछिल्लो समयमा सडक भत्काएका कारण अत्याधिक धुलो, धुवाँ टाफिक जामको कारण पर्यटकहरुले सास्ती बेहोर्नु परिरहेको छ ।

आजका दिनमा जति पर्यटक नेपाल आएका छन, आएका पर्यटकले पनि स्तरिय सेवा सुविधा पाएका छैनन । त्यसका कारण विश्वभर नेपालको गलत प्रचार हुने सम्भावना बढेको छ । पर्यटकले नेपालमा राम्रो संग घुमफिर पनि गर्न पाएका छैनन् । पर्यटक नेपाल आउना साथ नपालको विमानस्थल नै सुरक्षित छैन । एयरपोर्टमा पर्यटकको झोला हराउने जस्ता समस्या छन । यति साना विषयवस्तुलाई पनि हामीले व्यवस्थि तगर्न सकेका छैनौं ।

विमानस्थल वाट निस्केपछि पनि पर्यटकहरु धुलो,धुवाँ र जाममा पर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रमा विकाश गर्न सडक क्षेत्रको विकाश हुनैपर्छ । तिब्बत वाट काठमाडौँ आउने वाटो विग्रिएको दुइ वर्ष सम्म पनि वनेको छैन । त्यो वाटो मात्र खुले पनि हजारौंको संख्यामा नेपाली नागरिकले रोजगारी पाउने थिए । काठमाडांैं वाट चितवन जम्मा १८० किमिको वाटो जान पाँच घण्टाको वाटोको लागी सिंगो दिन नै खर्चिनुपर्ने अवस्था छ । ट्राफिक जाम अत्याधिक छ । पर्यटकिय स्थल ठमेलमा नै एउटा पर्यटक नाक मुख छोपेर हिँड्नुपर्ने दर्दनाक अवस्था अवस्था छ । 

यदि साँच्चिकै पर्यटन क्षेत्रको विकास गर्ने हो भने सरकारले एयरपोर्ट सुधार गर्नैपर्छ, नेपाल एयरलाईन्सको क्षमता र उडानमा वृद्धि गर्नैपर्छ । विमानस्थलका कर्मचारीहरुमा पनि पर्यटकलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा ट्रेनिङ दिन जरुरी छ ।
पदयात्रा पर्यटनको कुरा गर्दा हाल मजदुरको ज्याला वढिसकेको छ । यसले हिजोका दिनमा भन्दा आज मजदुरहरुको जिवनयापनमा केहि सहज पक्कै भएको छ । तर पदयात्रा पर्यटनका क्षेत्रमा सुधार गर्नुपर्ने विषयहरु धेरै छन । आज पनि नेपालमा पर्यटकहरु एक्लै हिमाल र पदयात्रामा जाने हुँदा पर्यटकहरु हराउने समस्या छ । त्यसैले गाईड विना पर्यटक लाई एक्लै पदयात्रामा जान बन्देज लगाउन जरुरी छ ।

अर्कोतिर आज पनि नेपालमा ईलिगल ट्रेकिङको समस्या रहेको छ  । गैह्रकानुनी ढंगले पदयात्रा सञ्चालन गर्नेहरुले सरकारलाई कर पनि तिर्दैनन्, एउटा वेबसाईट बनाएर विना दर्ता पनि ट्रेकिङ सञ्चालन भईरहको छ । यस्ता समस्याको समाधानका लागि टानले कारवाहिको दायरामा ल्याउन पहल गर्नैपर्छ । नेपालमा आज पनि जसले पायो, त्यसैले पर्यटक लाई घुमाइरहेका छन । गाइडको लागि लाइसेन्सको व्यवस्था रहेको छ,तर लाइसेन्स लिनेले भन्दा नलिनेले वढि पर्यटक घुमाइ राखेका छन् ।  तर नियमनकारी निकाय यस विषयमा मौन छ ।

काठमाडौंकै विभिन्न ठाउँमा घर र अपार्टमेण्टहरु लिएर विना दर्ता होटल सञ्चालन भईरहेका छन । अर्कोतिर काठमाडौं, पोखरा, चितवन जस्ता पर्यटकिय क्षेत्रमा पनि व्यवस्थित पर्यटक वसपार्क छैन । पर्यटन वसपार्कको अत्यन्तै आवश्यकता छ । यस विषयमा सम्बन्धत निकायहरुले ध्यान दिनैपर्छ ।

अन्य धेरै ठूला काम र ठूला पूर्वाधार निर्माणका काम त आजको भोलि गर्न नसकिएला,त्यसको लागी समय लाग्ला । तर यति सामान्य विषयवस्तुहरु पनि समस्याको रुपमा रहेका छन । सम्बन्धित निकायहरुले थोरै मात्र ध्यान पु¥याउन सकेको खण्डमा पनि कतिपय समस्याहरु हल भएर जान्छन । यस्ता विषयवस्तुहरुको समाधानका लागी पर्यटन क्षेत्रका सवै संस्थाहरु टान,नाट्टा,हान तथा अन्य संस्थाहरु मिलेर सुधारका लागी पहल गर्नैपर्छ । आजका समस्याहरु आजै समाधानको वाटोमा अगाडी बढाउन सकेमा दिर्घकालिन रुपमा पर्यटन क्षेत्रको विकासको ढोका खुल्नेछ ।

–पर्यटन व्यवसायि लम्साल ट्रेकिङ एजेन्सिज एशोशयसन अफ नेपाल (टान) का कार्यसमिति सदस्य हुन ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।