logo

कृषि विकासका आधारभुत पक्ष

राजु थापा / विचार

    4586   पटक पढिएको

नेपाललाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने हो भने सिंहदरबारमा बसेर नीति बनाएर हँुदैन । समस्या एउटा छ, नीति अर्को बन्ने परिपाटीले कृषिमा सफलता प्राप्त हुन सकेको छैन् । विशेषगरी किसानको भावना अनुसार कार्यक्रम बन्न सक्यो भने सफल हुन्छ । हाम्रो नेपालमा कृषिको अवस्था नाजुक छ । धेरै मुलुक बाट कृषिजन्य वस्तु किनेर ल्याएर खानुपर्ने अवस्था छ । 
कृषिलाई आधुनिक र व्यवसायिक नतुल्याएसम्म अर्थतन्त्र सबल बन्न र गरिबी न्यूनीकरण हुन सक्दैन । थोरै उत्पादन गर्न आवश्यकता भन्दा बढी श्रमशक्तिको लगानी भइरहेको स्थितिबाट कृषि व्यवसाय लाई बजारमुखी र नाफामुखी नबनाए सम्म नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन असम्भव छ । विभिन्न देखिएका समस्याहरूको बेलैमा उचित सम्बोधन सहित सम्भावनाहरुको उच्चतम सदुपयोग गरी कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र रोजगारमूलक बनाई देशलाई समृद्ध तुल्याउनु आजको आवश्यकता हो । 

हामी जलस्रोतमा धनी छांै, प्रकृतिले साथ दिएको छ । ऊर्जाशील युवा शक्ति छ । तर किन आज हाम्रा खेतवारी बाँझा छ्न । किन हजारौँ युवा दिनहुँ खाडी तिर विदेशिएको छ । हाम्रो देश नेपाल कृषि क्षेत्रमा निकै सम्भावना भएको देश हो । यहाँ धेरै किसिमका कृषि विकासका कार्यक्रमहरू आगाडी बढाउन सकिन्छ तर विडम्बना भनौं हाम्रो परम्परागत कृषि प्रणाली र कृषकहरुमा चेतनाको कमीले गर्दा सोचे जस्तो प्रगति हुन सकेको छैन । जीडीपीमा योगदानको यो प्रतिशत कृषिमा संलग्न जनशक्तिको अनुपातमा एकदमै न्यून हो । नेपालमा योजनावद्ध विकास प्रयासको सुरुवात देखि नै कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउने एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ । तर दुर्भाग्य हाम्रो देशको कृषिको आधुनिकीकरण तथा विकास कहिल्यै हुन सकेन । 

कृषि क्षेत्रको विकासका तिन महत्वपुर्ण पाटा छन् । कृषि शिक्षा, कृषि अनुसंन्धान र कृषि प्रसार ।  विकसित देशमा यी तिन वटै निकाय एउटै छाना मुनि हुन्छन् । तर हाम्रो देशमा यी तीनवटा निकाय तिन तिर फर्केका छन् । कृषि अनुसंधान र कृषि प्रसारका लागि जिम्मेवार निकाय कृषि मन्त्रालय अन्तर्गत भए पनि अनुसन्धान लाई छुट्टै स्वायत्त निकाय बनाइ दिँदा अभिभावक विनाको टुहुरो जस्तो भएको छ । कृषि शिक्षाको लागि जिम्मेवार मानिएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ । देशको लागि कस्तो जनशक्ति चाहिन्छ, कस्तो पाठ्यक्रम बनाउनु पर्छ, उत्पादित जनशक्तिको भूमिका कत्तिको प्रभावकारी भई रहेको छ भन्ने कुराको स्पष्ट कार्य दिशा कृषि अनुसन्धान र प्रसारमा संलग्न निकायले नदिए सम्म कृषि जनशक्ति उत्पादन गर्ने निकायले प्रभावकारी र उपयुक्त जनशक्ति उत्पादन गर्न सक्दैनन् । 

नेपालमा विविध हावापानीमा आवश्यक प्रविधिको विकास गर्न, कृषक स्तरमा देखिने समस्याको प्रभावकारी समाधान पत्ता लगाउन तथा त्यस्ता प्रविधिको प्रभावकारिताका बारेमा स्पष्ट पृष्ठपोषण प्राप्तिका लागि कृषि प्रसार निकायको भूमिका निकै महत्वपुर्ण हुन्छ । कृषि अनुसन्धान र प्रसारले जसरी कृषि शिक्षाको गुणस्तर वृद्धि गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गरेका हुन्छन्, ठीक त्यही तरिका बाट कृषि शिक्षा र कृषि प्रसारले कृषि अनुसन्धानको गुणस्तर वृद्धिका लागि योगदान पु¥याई रहेका हुन्छन् । कृषि विकासको मेरुदण्डको रूपमा लिइने कृषि प्रसारको प्रभावकारिता त कृषि अनुसन्धान र कृषि शिक्षाको प्रभावकारिता विना कल्पनै गर्न सकिँदैन । त्यसैले नेपालमा कृषि विकास रणनीतिका निम्ति गर्दै आईएका टुक्रे बहसहरूले मात्र देशमा कृषिमा आधुनिकिकरण, व्यवसायीकरणको योजना किमार्थ पुरा हुन सक्दैन । यसको लागि देशमा कृषि क्षेत्रको उपरी संरचनामा नै ठूलो फेर बदल गर्नु जरुरी छ ।

कृषि प्रसार,अनुसन्धान र शिक्षा एउटै निकाय बाट संचालन गर्ने एउटा बलियो संरचनाको जब सम्म विकास गरिँदैन । नेपालमा कृषि विकासका सबै रणनीतिहरू असफल हुँदै जानेछन्, कृषिका सबै काम गर्न सुलभ कर्जाको व्यवस्था हुन सक्यो भने पनि किसान प्रेरित हुन सक्छन् । सबै शीर्षकमा पूँजीको व्यवस्था मिलाउनुपर्छ । अनुदान नै होइन, सुलभ कर्जाको व्यवस्था गर्नुपर्छ । कसैले फार्म राख्छ भने सरकारले प्राविधिकको व्यवस्था गर्नुपर्छ । कृषिमा प्रोत्साहन दिने प्रविधि र प्राविधिकको व्यवस्था गर्नुपर्छ । डुब्लिेकट बीउ छिर्न दिनु भएन । एउटै किसिमको सुविधा हुनुपर्छ । कम्पनीले अनुदान पाउने र किसानले नपाउने हुनुहँुदैन । यसरी पूँजी, प्रविधि, बीउ, मल, सिंचाईको व्यवस्था गर्नुपर्छ । अब बिना यान्त्रिकिकरण कृषिमा प्रगति हाँसिल गर्न सकिंदैन । त्यस्तै ढुवानीको कुरा छ, कृषि सडकका कुरा छन् । यो व्यवस्था गर्न सक्यो भने कृषिमा आत्मनिर्भर हुन सक्छ । 

 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।