logo

जेनजी बिद्रोह पछिको बाटो

नविन काफ्ले/विचार

    279   पटक पढिएको

गत भदौ २३ मा जेनजीहरुले गरेको बिद्रोहको एक महिना पुरा भएको छ । त्यसपश्चात आजसम्म आईपुग्दा देश एउटा अन्यौलमा छ । एकातिर बिर जेनजीहरुको बलिदानीले मुलुकलाई अपार सम्भावनाहरुको सम्मुखमा पुर्याएको छ भने अर्कोतिर आगामी दिनमा सहि व्यवस्थापन र सवै पक्षले सुझबुझ् पुर्याउन नसके अर्को अध्याँरो सुरुङतिर त देश जाँदैन ? भन्ने चिन्ता पनि उत्तिकै छ ।
नेपाली जनता र समाजलाई आशा थियो, भदौ २३ र २४ गतेको विद्रोहपछि नेपालका राजनीतिक दलहरु सुध्रिएलान र “अब हामी सुध्रिएर, परिवर्तित भएर आउँछौ” भन्लान र जनतामा जालान, केहि प्रतिवद्धताहरु सहित । उदाहरणका निम्ति केहि प्रतिवद्धताहरु निम्न हुन सक्दछन् ।

–हामी अब ३० वर्षदेखि शेरबहादुर देउवा, केपी ओली, प्रचण्डहरुले चलाएको पार्टी र देशको सत्ता बदल्ने प्रण गर्दछौं, विगतमा भएका जस्ता गल्ति गर्दैनौं ।
–नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर बेच्ने जस्तो कुकृत्य गर्नेछैंनौं ।
–आम जनता र हामी नेता र नेताका सन्तानको जीवन र जीवनशैलीमा आकाश पातालको जुन खाडल थियो, अब त्यो हुन दिने छैनौं ।
–भ्रष्टाचारले थिलोथिलो भएका पार्टी र देशलाई भ्रष्टाचारको चंगुलवाट बाहिर निकाल्छौं र देशमा सुशासन स्थापित गर्दछौं ।
–आगामी दिनमा योग्यहरुलाई उचित स्थानमा नियुक्त गर्नेछौंं, समाजका हरेक क्षेत्र र पेशामा अत्याधिक दलियकरण गर्नेछैनौं ।
–कार्यकर्ताहरुलाई भर्ति गर्नकै लागी देशमा अनावश्यक संरचनाहरु खडा गरेर देशलाई अनावश्यक ऋणको भारी बोकाउने छैनौं ।
–आँफु निकटका व्यवसायीक घरानाहरुलाई पोस्नकै लागी देशका सम्पत्तिहरु बेच्ने छैनौं वा कैडीको भाउमा भाडामा दिने छैनौं ।
–समानुपातिक सांसद पैसामा विक्री गर्नेछैनौं, विभिन्न तहका चुनावमा टिकट विक्री गर्ने छैनौं ।
–नेताहरुका घरमा जलेका र जल्नुअगाडी नै सारिएका भनिएका पैसाहरुका विषयमा माफी माग्दै पार्टीभित्रै वाट भ्रष्टाचारीहरुलाई निष्कासन गर्ने अभियान चलाउँदै राज्यस्तरवाट सशक्त छानविन आयोग गठन गरी भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने वातावरण निर्माण गर्दछौं ।
(विगतमा भएका गल्ती र भ्रष्टाचारको श्रृंखला लामो छ, उदाहरणका निम्ति माथि उल्लेख गरिएको हो ।)

हाम्रो ईच्छाले हुने भए जेनजी आन्दोलन अगाडी नै पार्टी र देशमा रुपान्तरण चाहने दोस्रो र तेस्रो पुस्ताले नेतृत्व परिवर्तन गर्ने साहस गर्न सक्नुपर्दथ्यो । अथवा भनौ, देउवा,ओली र प्रचण्डले पालै–पालो प्रधानमन्त्री खाने अवस्थाको अन्त्य गर्न सक्नुपर्दथ्यो । तर समय अघि बढिसक्यो र अब बदलिएको समय अनुसार अगाडी बढ्न सक्नेहरु भविष्यमा सान्दर्भिक होलान, अन्यथा डाईनोसर बन्नेछन ।

जसरी नेपाली समाज र जनताले दलहरु बदलिएर आउलान भन्ने अपेक्षा गरेका थिए, विकसित घटनाक्रमले परिस्थिति त्यस्तो देखिएको छैन । मानिसको चेतनामा आएको परिवर्तनलाई राजनीतिक दल र तिनका नेतृत्वले जेनजी बिद्रोह अगाडी त बुझ्न सकेनन नै, त्यसपछि पनि बुझ्न सकेको देखिँदैन । उनीहरुको अभिव्यक्ति सुन्दा उनीहरुमा आफ्नो लुटको स्वर्ग वा सरकार वा सत्ता गुमेकोमा कुण्ठा, आक्रोस मात्र छ, सच्चिने त संकेत समेत देखिएको छैन् ।

त्यति मात्र होईन, कतिपय पुराना पार्टीका पुराना नेताहरुले त भदौ २३ र २४ गते जे भयो, त्यो मुख्यतः हाम्रै नालायकी र हामीले नै थोपरेको कुशासन र हामी नै संलग्न भ्रष्टाचारका कारण भएको हो भन्ने स्विकारोक्ति समेत अभिव्यक्त गर्न पनि सकेका छैनन् । बरु विभिन्न षड्यन्त्रका भाषा प्रयोग गरेर आफ्नो अयोग्यता र नालायकी लुकाउन खोजेको देखिन्छ । पुराना सत्ताधारीले देशलाई यति खोक्रो बनाएका रहेछन कि केहि घण्टामै सिंगो राज्य संरचनाले हात उठाउनुपर्यो वा सिंगो देशमा संरचनाहरु बेकामे बने । ति संरचनाहरुलाई त्यतिसाह्रै निष्प्रभावी बनाएको हामीले नै हो भन्ने चेतना समेत उनीहरुमा आएको छैन, हेलिकोप्टर चढेर भाग्नुपर्ने स्थिति आउँदा पनि ।

देशमा पुराना शक्तिहरुको करिवकरिव पतन र नयाँ शक्तिहरु संस्थागत नभएको परिस्थितिमा नेपाल जस्तो भुराजनीतिक अवस्थिति भएको देशमा छिमेकी र शक्तिराष्ट्रहरुको चलखेल हुन खोज्नु स्वभाविकै हो । यहाँनेर पतन भन्ने शब्द विचारपूर्वक नै प्रयोग गरिएको हो, यदि पुराना राजनीतिक दलहरु यथास्थिति मै रहने हो भने आगामी दिनमा उनीहरुको पतन नै निश्चित छ । सच्चिएर र सुधारिएर आउने हो भने भविष्यमा पनि उनीहरु सान्दर्भिक रहन सक्लान । त्यसो त नेपालमा विदेशीहरुको चलखेल बढाउने र निम्त्याउने पनि यिनै दलहरु नै त हुन ।

तर गत भदौ २३ गतेको विद्रोह मुलतः देशभित्रकै आन्तरिक कारण नै भएको हो । देशभित्र अव्यवस्था यति सम्म मौलाएको थियो कि एउटा त्यो स्तरको विद्रोह आवश्यक नै थियो, जसले समाजमा एउटा नयाँ आशा प्रवाहित गर्न सकोस ।

तर जेनजी विद्रोहको करिव एक महिना पुरा हुँदासम्म कतै त्यो विद्रोह पनि अपूर्ण हुने अवस्था पो आउला कि भन्ने संशय देखिएको छ । कतै अझै पनि पुरानै संग सम्झौता गरेर यो क्रान्ति पनि आधा मात्र सफल हुने अवस्था त आउँदैन ? जनताको मनमा हाल उब्जिएको प्रश्न यहि हो ।

त्यसैले आजका दिनमा देशलाई अनिश्चय वाट बाहिर निकाल्ने हो भने सबै पक्ष घोषणा भईसकेको निर्वाचनमा केन्द्रित हुनु जरुरी छ । त्यसअघि पुराना राजनीतिक दलहरुमा भएका भनिएका योग्य र सक्षमहरुले पार्टीभित्रको रुपान्तरणमा ठोस हस्तक्षेप गर्न सक्नुपर्दछ । यदि दलका नेतृत्व परिवर्तन गर्न नसक्ने हो भने अब पनि दास भएर बसिँदैन भनेर नयाँ विद्रोह गर्न सक्नुपर्दछ । जेनजी अगुवाहरुले पनि आगामी चुनावलाई लक्षित गरि दल दर्ता, ध्रुविकरण र संगठनात्मक विकास गर्न आवश्यक छ । कमसेकम आगामी निर्वाचनमा योग्य–योग्य व्यक्तिहरु बिच निर्वाचन भएर सबैभन्दा योग्य व्यक्ति निर्वाचित हुन सकुन ।

सरकार र निर्वाचन आयोग निर्वाचन गराउन, निर्वाचनको वातावरण निर्माण गर्न भने शत प्रतिशत लाग्नुपर्ने छ । त्यसका लागी राजनीतिक दलहरुसंगको संवाद लाई भने बढाउनुपर्नेछ । तर महत्वपूर्ण कुरा, त्यसअघि विगतमा भएका भष्टाचारहरुको भने छानविन हुनैपर्छ, कार्वाही हुनैपर्छ, कुनै आग्रह वा पुर्वाग्रह विना । अन्यथा फेरी तिनै भ्रष्टहरु आगामी निर्वाचनमा पनि उम्मेद्वारका रुपमा प्रस्तुत हुनेछन । हिजो आर्जन गरेको अकुत सम्पत्तिको प्रयोग तिनीहरुले निर्वाचनमा गर्नेछन् ।

समयमै निर्वाचन सम्पन्न गरी योग्य व्यक्तिहरु निर्वाचित भएको संसदले नेपाली जनतको भाग्य र भविष्यलाई अग्रगामी रुपान्तरण र विकास र समृद्धिको दिशामा लान सकोस । अहिलेलाई गर्न सकिने अपेक्षा यहि हो । अन्यथा देश झन् अध्यारो सुरुङतिर जाने सम्भावना छ ।

यो सत्यलाई राजनीतिक दलहरुले पनि स्विकार गर्न सक्नुपर्दछ । दलहरुले जेनजी बिद्रोहले ल्याएको परिवर्तनलाई नस्विकार्ने र कुनै न कुनै रुपमा प्रतिगमन वा संसद पुर्नस्थापनको माग मात्र लिएर हिँड्ने हो भने कुनै दिन हेलिकोप्टरमा भाग्न समेत नसक्ने अवस्था आउन सक्छ ।

अर्को महत्वपपूर्ण विषय गत भदौ २३ र २४ मा भएका घटनाको छानविन हुनैपर्छ । २३ गते युवाहरुको हत्याकाण्ड नै मच्चाउनेहरु माथी कार्वाही हुनैपर्छ । जसका निम्ति बनेको आयोगले आफ्नो दायित्व पुरा गर्नैपर्छ । त्यस्तै २४ गतेको आगजनीमा संलग्नहरु माथि पनि कार्वाही हुनैपर्छ । अन्यथा समाज अराजकतातर्फ जाने निश्चित छ । त्यो अराजकताले देशलाई लाने भनेको अँध्यारो सुरुङतर्फ नै हो ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।