logo

जेनजी बिद्रोह पछिको बाटो

नविन काफ्ले/विचार

    1255   पटक पढिएको

गत भदौ २३ मा जेनजीहरुले गरेको बिद्रोहको एक महिना पुरा भएको छ । त्यसपश्चात आजसम्म आईपुग्दा देश एउटा अन्यौलमा छ । एकातिर बिर जेनजीहरुको बलिदानीले मुलुकलाई अपार सम्भावनाहरुको सम्मुखमा पुर्याएको छ भने अर्कोतिर आगामी दिनमा सहि व्यवस्थापन र सवै पक्षले सुझबुझ् पुर्याउन नसके अर्को अध्याँरो सुरुङतिर त देश जाँदैन ? भन्ने चिन्ता पनि उत्तिकै छ ।
नेपाली जनता र समाजलाई आशा थियो, भदौ २३ र २४ गतेको विद्रोहपछि नेपालका राजनीतिक दलहरु सुध्रिएलान र “अब हामी सुध्रिएर, परिवर्तित भएर आउँछौ” भन्लान र जनतामा जालान, केहि प्रतिवद्धताहरु सहित । उदाहरणका निम्ति केहि प्रतिवद्धताहरु निम्न हुन सक्दछन् ।

–हामी अब ३० वर्षदेखि शेरबहादुर देउवा, केपी ओली, प्रचण्डहरुले चलाएको पार्टी र देशको सत्ता बदल्ने प्रण गर्दछौं, विगतमा भएका जस्ता गल्ति गर्दैनौं ।
–नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर बेच्ने जस्तो कुकृत्य गर्नेछैंनौं ।
–आम जनता र हामी नेता र नेताका सन्तानको जीवन र जीवनशैलीमा आकाश पातालको जुन खाडल थियो, अब त्यो हुन दिने छैनौं ।
–भ्रष्टाचारले थिलोथिलो भएका पार्टी र देशलाई भ्रष्टाचारको चंगुलवाट बाहिर निकाल्छौं र देशमा सुशासन स्थापित गर्दछौं ।
–आगामी दिनमा योग्यहरुलाई उचित स्थानमा नियुक्त गर्नेछौंं, समाजका हरेक क्षेत्र र पेशामा अत्याधिक दलियकरण गर्नेछैनौं ।
–कार्यकर्ताहरुलाई भर्ति गर्नकै लागी देशमा अनावश्यक संरचनाहरु खडा गरेर देशलाई अनावश्यक ऋणको भारी बोकाउने छैनौं ।
–आँफु निकटका व्यवसायीक घरानाहरुलाई पोस्नकै लागी देशका सम्पत्तिहरु बेच्ने छैनौं वा कैडीको भाउमा भाडामा दिने छैनौं ।
–समानुपातिक सांसद पैसामा विक्री गर्नेछैनौं, विभिन्न तहका चुनावमा टिकट विक्री गर्ने छैनौं ।
–नेताहरुका घरमा जलेका र जल्नुअगाडी नै सारिएका भनिएका पैसाहरुका विषयमा माफी माग्दै पार्टीभित्रै वाट भ्रष्टाचारीहरुलाई निष्कासन गर्ने अभियान चलाउँदै राज्यस्तरवाट सशक्त छानविन आयोग गठन गरी भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने वातावरण निर्माण गर्दछौं ।
(विगतमा भएका गल्ती र भ्रष्टाचारको श्रृंखला लामो छ, उदाहरणका निम्ति माथि उल्लेख गरिएको हो ।)

हाम्रो ईच्छाले हुने भए जेनजी आन्दोलन अगाडी नै पार्टी र देशमा रुपान्तरण चाहने दोस्रो र तेस्रो पुस्ताले नेतृत्व परिवर्तन गर्ने साहस गर्न सक्नुपर्दथ्यो । अथवा भनौ, देउवा,ओली र प्रचण्डले पालै–पालो प्रधानमन्त्री खाने अवस्थाको अन्त्य गर्न सक्नुपर्दथ्यो । तर समय अघि बढिसक्यो र अब बदलिएको समय अनुसार अगाडी बढ्न सक्नेहरु भविष्यमा सान्दर्भिक होलान, अन्यथा डाईनोसर बन्नेछन ।

जसरी नेपाली समाज र जनताले दलहरु बदलिएर आउलान भन्ने अपेक्षा गरेका थिए, विकसित घटनाक्रमले परिस्थिति त्यस्तो देखिएको छैन । मानिसको चेतनामा आएको परिवर्तनलाई राजनीतिक दल र तिनका नेतृत्वले जेनजी बिद्रोह अगाडी त बुझ्न सकेनन नै, त्यसपछि पनि बुझ्न सकेको देखिँदैन । उनीहरुको अभिव्यक्ति सुन्दा उनीहरुमा आफ्नो लुटको स्वर्ग वा सरकार वा सत्ता गुमेकोमा कुण्ठा, आक्रोस मात्र छ, सच्चिने त संकेत समेत देखिएको छैन् ।

त्यति मात्र होईन, कतिपय पुराना पार्टीका पुराना नेताहरुले त भदौ २३ र २४ गते जे भयो, त्यो मुख्यतः हाम्रै नालायकी र हामीले नै थोपरेको कुशासन र हामी नै संलग्न भ्रष्टाचारका कारण भएको हो भन्ने स्विकारोक्ति समेत अभिव्यक्त गर्न पनि सकेका छैनन् । बरु विभिन्न षड्यन्त्रका भाषा प्रयोग गरेर आफ्नो अयोग्यता र नालायकी लुकाउन खोजेको देखिन्छ । पुराना सत्ताधारीले देशलाई यति खोक्रो बनाएका रहेछन कि केहि घण्टामै सिंगो राज्य संरचनाले हात उठाउनुपर्यो वा सिंगो देशमा संरचनाहरु बेकामे बने । ति संरचनाहरुलाई त्यतिसाह्रै निष्प्रभावी बनाएको हामीले नै हो भन्ने चेतना समेत उनीहरुमा आएको छैन, हेलिकोप्टर चढेर भाग्नुपर्ने स्थिति आउँदा पनि ।

देशमा पुराना शक्तिहरुको करिवकरिव पतन र नयाँ शक्तिहरु संस्थागत नभएको परिस्थितिमा नेपाल जस्तो भुराजनीतिक अवस्थिति भएको देशमा छिमेकी र शक्तिराष्ट्रहरुको चलखेल हुन खोज्नु स्वभाविकै हो । यहाँनेर पतन भन्ने शब्द विचारपूर्वक नै प्रयोग गरिएको हो, यदि पुराना राजनीतिक दलहरु यथास्थिति मै रहने हो भने आगामी दिनमा उनीहरुको पतन नै निश्चित छ । सच्चिएर र सुधारिएर आउने हो भने भविष्यमा पनि उनीहरु सान्दर्भिक रहन सक्लान । त्यसो त नेपालमा विदेशीहरुको चलखेल बढाउने र निम्त्याउने पनि यिनै दलहरु नै त हुन ।

तर गत भदौ २३ गतेको विद्रोह मुलतः देशभित्रकै आन्तरिक कारण नै भएको हो । देशभित्र अव्यवस्था यति सम्म मौलाएको थियो कि एउटा त्यो स्तरको विद्रोह आवश्यक नै थियो, जसले समाजमा एउटा नयाँ आशा प्रवाहित गर्न सकोस ।

तर जेनजी विद्रोहको करिव एक महिना पुरा हुँदासम्म कतै त्यो विद्रोह पनि अपूर्ण हुने अवस्था पो आउला कि भन्ने संशय देखिएको छ । कतै अझै पनि पुरानै संग सम्झौता गरेर यो क्रान्ति पनि आधा मात्र सफल हुने अवस्था त आउँदैन ? जनताको मनमा हाल उब्जिएको प्रश्न यहि हो ।

त्यसैले आजका दिनमा देशलाई अनिश्चय वाट बाहिर निकाल्ने हो भने सबै पक्ष घोषणा भईसकेको निर्वाचनमा केन्द्रित हुनु जरुरी छ । त्यसअघि पुराना राजनीतिक दलहरुमा भएका भनिएका योग्य र सक्षमहरुले पार्टीभित्रको रुपान्तरणमा ठोस हस्तक्षेप गर्न सक्नुपर्दछ । यदि दलका नेतृत्व परिवर्तन गर्न नसक्ने हो भने अब पनि दास भएर बसिँदैन भनेर नयाँ विद्रोह गर्न सक्नुपर्दछ । जेनजी अगुवाहरुले पनि आगामी चुनावलाई लक्षित गरि दल दर्ता, ध्रुविकरण र संगठनात्मक विकास गर्न आवश्यक छ । कमसेकम आगामी निर्वाचनमा योग्य–योग्य व्यक्तिहरु बिच निर्वाचन भएर सबैभन्दा योग्य व्यक्ति निर्वाचित हुन सकुन ।

सरकार र निर्वाचन आयोग निर्वाचन गराउन, निर्वाचनको वातावरण निर्माण गर्न भने शत प्रतिशत लाग्नुपर्ने छ । त्यसका लागी राजनीतिक दलहरुसंगको संवाद लाई भने बढाउनुपर्नेछ । तर महत्वपूर्ण कुरा, त्यसअघि विगतमा भएका भष्टाचारहरुको भने छानविन हुनैपर्छ, कार्वाही हुनैपर्छ, कुनै आग्रह वा पुर्वाग्रह विना । अन्यथा फेरी तिनै भ्रष्टहरु आगामी निर्वाचनमा पनि उम्मेद्वारका रुपमा प्रस्तुत हुनेछन । हिजो आर्जन गरेको अकुत सम्पत्तिको प्रयोग तिनीहरुले निर्वाचनमा गर्नेछन् ।

समयमै निर्वाचन सम्पन्न गरी योग्य व्यक्तिहरु निर्वाचित भएको संसदले नेपाली जनतको भाग्य र भविष्यलाई अग्रगामी रुपान्तरण र विकास र समृद्धिको दिशामा लान सकोस । अहिलेलाई गर्न सकिने अपेक्षा यहि हो । अन्यथा देश झन् अध्यारो सुरुङतिर जाने सम्भावना छ ।

यो सत्यलाई राजनीतिक दलहरुले पनि स्विकार गर्न सक्नुपर्दछ । दलहरुले जेनजी बिद्रोहले ल्याएको परिवर्तनलाई नस्विकार्ने र कुनै न कुनै रुपमा प्रतिगमन वा संसद पुर्नस्थापनको माग मात्र लिएर हिँड्ने हो भने कुनै दिन हेलिकोप्टरमा भाग्न समेत नसक्ने अवस्था आउन सक्छ ।

अर्को महत्वपपूर्ण विषय गत भदौ २३ र २४ मा भएका घटनाको छानविन हुनैपर्छ । २३ गते युवाहरुको हत्याकाण्ड नै मच्चाउनेहरु माथी कार्वाही हुनैपर्छ । जसका निम्ति बनेको आयोगले आफ्नो दायित्व पुरा गर्नैपर्छ । त्यस्तै २४ गतेको आगजनीमा संलग्नहरु माथि पनि कार्वाही हुनैपर्छ । अन्यथा समाज अराजकतातर्फ जाने निश्चित छ । त्यो अराजकताले देशलाई लाने भनेको अँध्यारो सुरुङतर्फ नै हो ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।