logo

अवस्था बदल्न, सोच बदलौं

राजन सिम्खडा / विचार

    4339   पटक पढिएको

वर्षौं अगाडी देखि नेपालमा नेपाल विकास किन भएन भन्ने किसिमका बहसहरु भईरहेका छन । यसो हेर्दा सरकार, हरेक राजनितिक दल देखि हरेक व्यक्तिस्तरसम्म सवै नेपाल विकास गर्नुपर्छ, समृद्ध बनाउनुपर्छ भनिरहेका छौं तर किन हामीले सोचेअनुसार देश अगाडी बढेको छैन त ? हरेक वर्ष सरकारले निति कार्यक्रम,वजेट ल्याएकै छ तर सोचेअनुसार किन विकास हुँदैन त ? व्यवस्था बदलियो तर हाम्रो अवस्था किन बदलिएन त ? प्रणाली र व्यवस्था परिवर्तन भएपनि किन सबै व्यवस्थामा उस्तै–उस्तै अवस्था छ त ? अवको बहस यसमा केन्द्रित गर्नु आवश्यक छ । समाधान यसैमा छ ।

पछिल्लो समय नेपाली समाज, व्यवसाय र व्यक्ति पनि नेताहरुसंग जोडिए, चाटुकारहरुसंग जोडिए वा शक्तिकेन्द्रसंग नजिक रहेमात्र असल र राम्रो भन्ने अवस्था आएको छ । व्यक्ति र समाजलाई अनुशासनमा राख्ने कानुन  र अध्यात्म दुवै कमजोर हुँदै गएका छन । अव हावामा उडेजस्तो मात्र भएर भएन, बुद्धले भनेको अप्पः दीप भव : जस्तै हरेक मान्छेमा जागरण नआएसम्म देश र समाज हिजो जसरी नै अगाडी बढिरहन्छ ।

पछिल्लो समय नेपाली समाजको हरेक क्षेत्रमा दण्डहिनता वढेर गयो । दण्डहिनता सामाजिक जनजीवनका विविध पक्ष व्यापार,व्यवसाय देखि राज्यसञ्चालसम्मै देखियो । नैतिकता विक्यो । अलिकति पैसा भएको, शक्तिकेन्द्रसंग राम्रो सम्बन्ध भएको व्यक्ति छ भने उसले गल्ति नै गरेपनि कार्वाही नहुने अवस्था आयो । वर्षौदेखि यस्तै हुँदै आएको छ ।

त्यसैले अव हरेक व्यक्ति, हरेक व्यवसायी, हरेक नेता आँफै जागरुक भएर सत्य र साँचो के हो भन्ने वोध गर्न नसकेसम्म हामीले चोजस्तो प्रगति सम्भव छैन । हाम्रो देशमा पटक–पटक परिवर्तन भयो तर प्रगति भएन । यसका पछाडीेको प्रमुख कारण देशको जीवनका कुनै पनि क्षेत्रका मानिसहरु आँफै ईमान्दार भएनौं । हामीले आँफै जागरुक नभएसम्म र जमिन छोडेर अन्य–अन्य विषयवस्तुहरुमा उडीरहेसम्म वास्तवमा परिवर्तन सम्भव छैन ।

विश्वका नकारात्मकता भएको मुलुकहरुमा नेपाल छैठौं तहमा आएको रिपार्ट भर्खरै आएको छ । केहि मानिसहरुलाई सामाजिक सञ्चालमा दुई–चार वटा समाचार पढेपछि सवैभन्दा वुद्धिजिवि आँफै भएको अनुभव भइरहेको छ । हामी देश विकास गर्न लगानी चाहिन्छ मात्र भनिरहेका छौं तर कुनै पनि विषयमा सतहमा नै गएर सहि अध्ययन अनुसन्धान नै भएको छैन । कतिपय कुरामा हामी उचालिएको जस्तो मात्र देखिन्छ ।

लगानीको कुरा गर्दा पनि लगानी वढ्यो तर मार्केट रिसर्च पनि छैन । उदाहरणको लागी पर्यटन क्षेत्रको कुरा गरौं । ठूला–ठूला होटलहरु थपिएका छन तर वजार भने त्यही अनुरुप बढ्न सकेको छैन । यसले गर्दा सेवा प्रदायकले कि त सेवा सुविधा घटाउनुपर्छ वा अन्य गलत वाटो लिनुपर्छ । यसले गर्दा समग्र पर्यटनको नै छवि विग्रिरहेको अवस्था छ  ।

त्यसैले बुद्धले भनेजस्तै अप्पः दीप भवः नआएसम्म देशले खोजेको वाटो समात्न सक्दैन । देश परिवर्तन गर्ने हो भने हामी हरेक नागरिकमा जागरण आउन जरुरी छ । आजका दिनमा ठूला–ठूला पूर्वाधारको निर्माण भईरहेका छ ,कतिपटक प्रधानमन्त्री र मन्त्रीहरु अनुगमनमा गए त ? नत्र काठमाडौंमा नै वनाएर सम्पन्न भएको पुल सञ्चालनमा नल्याई भत्काउनुपर्ने अवस्था कसरी आयो ? अनि सांसदले १० करोड खर्च गर्न पाउनुप¥यो भन्ने भनाईको के अर्थ ? आखिर विकास गर्ने हो भने त राज्यका निकायहरु जसले गर्दा पनि त भयो । दोष कसैलाई दिएर कोहि पनि उम्किन पाउने अवस्था नै छैन ।

राजनीतिक दलहरु तपाईंको दलले जनतालाई के दिन्छ भनेर प्रश्न गर्दा आफ्ना निति, कार्यक्रम र योजना सम्म दिन सकिरहेका छैनन । एउटा व्यवसायीले त आँफुले दिने सेवा र सुविधामा अरुले भन्दा के फरक र नयाँ दिनसक्छु भनेर सोचिरहेको हुन्छ भने राजनीतिक दलहरु अरुले भन्दा आँफुले के नयाँ दिन सक्छु भन्ने सोच्न जरुरी छ ।

विकास र सम्वृद्धिको कुरा गर्दा हामी तथ्यांक र वाटोघाटोमा मात्र अल्झिरहेका छौं । समग्र विकास वा मानिसको जीवनस्तर वा समग्रतामा सोचिरहेका छैनौं । सरकार संग जनताको अपेक्षा वढि छ । त्यो अपेक्षा पुरा गर्न समय लाग्ला तर दिशा सहि छ कि छैन भन्ने महत्वपूर्ण हो । कतिपय अवस्थामा केहि भएन वा आलोचना गर्नेहरुप्रति राज्य संयन्त्र नै अनुदार बन्दै गएको जस्तो देखिन्छ ।
कतिपय बौद्धिक बहसहरुमा यो प्रणाली नै ठिक छैन भनेको पनि सुिनन्छ । वास्तवमा ति प्रणाली चलाउने ठाउँमा त मान्छे नै छ । मान्छेले नै गर्न नचाहेपछि वा नगरेपछि त प्रणालीले मात्र त काम गर्ने होईन नी । त्यसैले हरेक मान्छेले अप्पःदीप भवः भन्ने अनुभुति नगर्दासम्म देश बदलिँदैन । हामी आँफै नबदलिएसम्म हाम्रो,घर, परिवार,व्यवसाय र देश पनि बदलिँदैन । त्यसैले देश बदल्न पहिले सोच बदलौं ।

(    पर्यटन व्यवसायी सिम्खडा हिँडे पुगिन्छ पुस्तकका लेखक समेत हुन ।) 


 

तपाईको प्रतिक्रिया

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।