वर्षौं अगाडी देखि नेपालमा नेपाल विकास किन भएन भन्ने किसिमका बहसहरु भईरहेका छन । यसो हेर्दा सरकार, हरेक राजनितिक दल देखि हरेक व्यक्तिस्तरसम्म सवै नेपाल विकास गर्नुपर्छ, समृद्ध बनाउनुपर्छ भनिरहेका छौं तर किन हामीले सोचेअनुसार देश अगाडी बढेको छैन त ? हरेक वर्ष सरकारले निति कार्यक्रम,वजेट ल्याएकै छ तर सोचेअनुसार किन विकास हुँदैन त ? व्यवस्था बदलियो तर हाम्रो अवस्था किन बदलिएन त ? प्रणाली र व्यवस्था परिवर्तन भएपनि किन सबै व्यवस्थामा उस्तै–उस्तै अवस्था छ त ? अवको बहस यसमा केन्द्रित गर्नु आवश्यक छ । समाधान यसैमा छ ।
पछिल्लो समय नेपाली समाज, व्यवसाय र व्यक्ति पनि नेताहरुसंग जोडिए, चाटुकारहरुसंग जोडिए वा शक्तिकेन्द्रसंग नजिक रहेमात्र असल र राम्रो भन्ने अवस्था आएको छ । व्यक्ति र समाजलाई अनुशासनमा राख्ने कानुन र अध्यात्म दुवै कमजोर हुँदै गएका छन । अव हावामा उडेजस्तो मात्र भएर भएन, बुद्धले भनेको अप्पः दीप भव : जस्तै हरेक मान्छेमा जागरण नआएसम्म देश र समाज हिजो जसरी नै अगाडी बढिरहन्छ ।
पछिल्लो समय नेपाली समाजको हरेक क्षेत्रमा दण्डहिनता वढेर गयो । दण्डहिनता सामाजिक जनजीवनका विविध पक्ष व्यापार,व्यवसाय देखि राज्यसञ्चालसम्मै देखियो । नैतिकता विक्यो । अलिकति पैसा भएको, शक्तिकेन्द्रसंग राम्रो सम्बन्ध भएको व्यक्ति छ भने उसले गल्ति नै गरेपनि कार्वाही नहुने अवस्था आयो । वर्षौदेखि यस्तै हुँदै आएको छ ।
त्यसैले अव हरेक व्यक्ति, हरेक व्यवसायी, हरेक नेता आँफै जागरुक भएर सत्य र साँचो के हो भन्ने वोध गर्न नसकेसम्म हामीले चोजस्तो प्रगति सम्भव छैन । हाम्रो देशमा पटक–पटक परिवर्तन भयो तर प्रगति भएन । यसका पछाडीेको प्रमुख कारण देशको जीवनका कुनै पनि क्षेत्रका मानिसहरु आँफै ईमान्दार भएनौं । हामीले आँफै जागरुक नभएसम्म र जमिन छोडेर अन्य–अन्य विषयवस्तुहरुमा उडीरहेसम्म वास्तवमा परिवर्तन सम्भव छैन ।
विश्वका नकारात्मकता भएको मुलुकहरुमा नेपाल छैठौं तहमा आएको रिपार्ट भर्खरै आएको छ । केहि मानिसहरुलाई सामाजिक सञ्चालमा दुई–चार वटा समाचार पढेपछि सवैभन्दा वुद्धिजिवि आँफै भएको अनुभव भइरहेको छ । हामी देश विकास गर्न लगानी चाहिन्छ मात्र भनिरहेका छौं तर कुनै पनि विषयमा सतहमा नै गएर सहि अध्ययन अनुसन्धान नै भएको छैन । कतिपय कुरामा हामी उचालिएको जस्तो मात्र देखिन्छ ।
लगानीको कुरा गर्दा पनि लगानी वढ्यो तर मार्केट रिसर्च पनि छैन । उदाहरणको लागी पर्यटन क्षेत्रको कुरा गरौं । ठूला–ठूला होटलहरु थपिएका छन तर वजार भने त्यही अनुरुप बढ्न सकेको छैन । यसले गर्दा सेवा प्रदायकले कि त सेवा सुविधा घटाउनुपर्छ वा अन्य गलत वाटो लिनुपर्छ । यसले गर्दा समग्र पर्यटनको नै छवि विग्रिरहेको अवस्था छ ।
त्यसैले बुद्धले भनेजस्तै अप्पः दीप भवः नआएसम्म देशले खोजेको वाटो समात्न सक्दैन । देश परिवर्तन गर्ने हो भने हामी हरेक नागरिकमा जागरण आउन जरुरी छ । आजका दिनमा ठूला–ठूला पूर्वाधारको निर्माण भईरहेका छ ,कतिपटक प्रधानमन्त्री र मन्त्रीहरु अनुगमनमा गए त ? नत्र काठमाडौंमा नै वनाएर सम्पन्न भएको पुल सञ्चालनमा नल्याई भत्काउनुपर्ने अवस्था कसरी आयो ? अनि सांसदले १० करोड खर्च गर्न पाउनुप¥यो भन्ने भनाईको के अर्थ ? आखिर विकास गर्ने हो भने त राज्यका निकायहरु जसले गर्दा पनि त भयो । दोष कसैलाई दिएर कोहि पनि उम्किन पाउने अवस्था नै छैन ।
राजनीतिक दलहरु तपाईंको दलले जनतालाई के दिन्छ भनेर प्रश्न गर्दा आफ्ना निति, कार्यक्रम र योजना सम्म दिन सकिरहेका छैनन । एउटा व्यवसायीले त आँफुले दिने सेवा र सुविधामा अरुले भन्दा के फरक र नयाँ दिनसक्छु भनेर सोचिरहेको हुन्छ भने राजनीतिक दलहरु अरुले भन्दा आँफुले के नयाँ दिन सक्छु भन्ने सोच्न जरुरी छ ।
विकास र सम्वृद्धिको कुरा गर्दा हामी तथ्यांक र वाटोघाटोमा मात्र अल्झिरहेका छौं । समग्र विकास वा मानिसको जीवनस्तर वा समग्रतामा सोचिरहेका छैनौं । सरकार संग जनताको अपेक्षा वढि छ । त्यो अपेक्षा पुरा गर्न समय लाग्ला तर दिशा सहि छ कि छैन भन्ने महत्वपूर्ण हो । कतिपय अवस्थामा केहि भएन वा आलोचना गर्नेहरुप्रति राज्य संयन्त्र नै अनुदार बन्दै गएको जस्तो देखिन्छ ।
कतिपय बौद्धिक बहसहरुमा यो प्रणाली नै ठिक छैन भनेको पनि सुिनन्छ । वास्तवमा ति प्रणाली चलाउने ठाउँमा त मान्छे नै छ । मान्छेले नै गर्न नचाहेपछि वा नगरेपछि त प्रणालीले मात्र त काम गर्ने होईन नी । त्यसैले हरेक मान्छेले अप्पःदीप भवः भन्ने अनुभुति नगर्दासम्म देश बदलिँदैन । हामी आँफै नबदलिएसम्म हाम्रो,घर, परिवार,व्यवसाय र देश पनि बदलिँदैन । त्यसैले देश बदल्न पहिले सोच बदलौं ।
( पर्यटन व्यवसायी सिम्खडा हिँडे पुगिन्छ पुस्तकका लेखक समेत हुन ।)
तपाईको प्रतिक्रिया