१६ पुस/अर्थ र व्यपार – अंग्रेजी नयाँ वर्ष सन २०२४ को शुरुवातकै क्रममा मुलुकले श्रम गरेर खाने होनहार दुई नेपाली युवालाई गुमाउनु परेको छ । अत्यन्त दुखदायी यो घटनाका मुख्य दोषी को हुन् र कानून वा छानविनबाट कहिले पत्ता लाग्लान् यो प्रतिक्षाको विषय भए पनि आम रुपमा यी दुई युवाका हत्याराहरु सार्वजानिक छन्।
तिनको अनुहार गरीव नेपालीको आलो रगतले लतपतिएको छ, नचाँहदा नचाँहँदै पनि मन्त्रिमा आसिन विद्रुप एवं रक्तपिपासु ती अनुहारलाई मुलुकले तिनै गरीव नेपालीका शासकका रुपमा स्वीकार गर्नु परेको छ।
रोजगार अनुमति प्रणाली मार्फत इपीएस कोरियन भाषा परीक्षा दिन पाउनुपर्ने माग राख्दै सडकमा ओर्लिएका नेपाली युवाहरु मध्ये छानेर किन दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहलाई निर्ममतापूर्वक प्रहरीको लाठी र लात्ती एवं गोली दागियो त्यो दाग्नेहरुलाई थाहा होला । तर, यो नांगो अपराधमा निर्लज्ज अनुहार लिएर देसका गृहमन्त्री नारायणकाजी श्रेष्ठ अब कसरी राजनीति गर्छन् र राजनीतिक निर्लज्जता देखाउलान ?
हुन त नेपाली राजनीतिमा लज्जा हराएको बषौं भइसकेको छ । लाज पचेपछि नैतिकता वा नैतिक दायित्वको कुनै प्रश्न नै आउँदैन। विगतमा सिंहदरवारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले तत्काल पदबाट राजीनामा दिएका थिए ।
काठमाडौको दशरथ रंगशालामा भीडभाड र भागदौड मच्चिँदा तत्कालीन खेलकुदमन्त्री केशरबहादुर विष्टले पद छोडेका थिए । यी नैतिकता र जिम्मेवारी बोधका उदाहरण थिए तर, अहिले यस्ता घटनाको कुनै हिसाव छैन।
आफू र परिवारको सपनालाई अधुरो पार्दै, सबैलाई आशुमा डुवाएर जीवन गुमाउन बाध्य पारिएका यी दुई युवाको रगतले गोली प्रहार एवं नृशंस लाठी प्रहारको आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुनै पछुतो देखिएको छैन । भौतीक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पनि प्रदर्शनको बाटोभएर आफु झन्डा हल्लाउँदै मन्त्रिको गाडी लिएर त्यो भीडमा भएको घटनाबारे खासै चिन्ता नै छैन ।
यी युवाको आलो रगतले लत्पतिएको अनुहार निर्लज्जतापूर्वक देखाएर श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदमा आसीन छन्।
स्वदेशमै रोजगारी दिन सकेनौं कोरिया गएर भए पनि श्रम बेचर पसिना बगाउँछु घर परिवारको ऋण तिर्छु र पारिवारिक जीवनलाई केही भएपनि सरल बनाउछु भन्ने यी दुई युवाहरुको अनाहकमा बालकुमारीमा रगत बगेको छ । आफू र परिवारको सपनालाई अधुरो पार्दै, सबैलाई आशुमा डुवाएर जीवन गुमाउन बाध्य पारिएका यी दुई युवाको रगतले गोली प्रहार एवं नृशंस लाठी प्रहारको आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुनै पछुतो देखिएको छैन।
यी युवाको आलो रगतले लत्पतिएको अनुहार निर्लज्जतापूर्वक देखाएर यिनी उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदमा आसीन छन्। उल्टै यिनको आदेश पालन गरी लाठी चार्ज एवं गोली प्रहारको नेतृत्व गर्ने सिडिओ, प्रहरी प्रमुख र सम्बन्धित कर्मचारीहरु निलम्बन गरिएका छन्, आदेश पालकहरु अपराधी भएका छन् र आदेशदाता यी मन्त्री आदेश पालकहरुलाई मुख्य अपराधी बनाएर निर्लज्जता प्रदर्शन गरिरहेका छन्।
यो दर्दनाक दृष्यले मुलुक थप आन्दोलित, आक्रोशित र लज्जित भएको छ । भाषणमा नैतिकता र इमान्दारिताको पाठ पढाउने यिनको बिद्रुप अनुहार गृहमन्त्रीका रुपमा अझै पनि नेपाली जनताले सहनुपर्ने कस्तो मुलुक हो यो ?
यो निर्लज्जताको कुनै औषधि अवश्य छैन किनकि यी नेता आम निर्वाचनमा जनताबाट अनुमोदित थिएनन्, गोरखाबाट पराजित भएका थिए । तर, यिनलाई पद विना बस्न सम्भव थिएन। यिनका दवाव थेग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सहज अवश्य थिएन त्यसैले यिनी राष्ट्रियसभामा उभ्याइएका थिए।
त्यहीबेला यिनको राजनीतिक इमानमाथि प्रश्न उठेको थियो नै अहिले आएर त यिनको अनुहारमा रोजगारीको खोजिमा भौँतारिएका गरीब ग्रामिण युवाको नृशंस हत्याको आलो रगत लत्पतिएको छ । तैपनि यिनलाई त्यो रगतले पोलेको देखिएको छैन।
निर्ममतापूर्व गोली प्रहारको आदेश दिएर पनि त्यसलाई स्वीकार गर्न यिनलाई मुस्किल परेको छ । पद र सुविधाको भोकले यिनी निर्लज्जतापूर्वक मौन देखिएका छन् र कर्मचारीलाई बलीमा चढाएर आफू रगतमाथिको ओभानो देखिएका छन्। राजनीतिको यो प्रबृतिले नेपालको वर्तमान शासन व्यवस्थामाथि निराशा मात्र होइन अविश्वास थप्दै लगेको छ र विद्रोहका झिल्काहरु यत्रतत्र देखिन थालिसकेका छन्।
यी झिल्काहरुको फाइदा दरवारिया मण्डलेहरुले लिने र पुरातनपन्थी राजनीतिको पुनरावृत्ति गर्ने लालसा पनि यही र यस्तै कारणले मौलाएको छ । जनताको शान्तिपूर्ण आंधीवेहरीले नै रक्तरंजित अनुहारहरु बेनकाव हुने हुन् त्यसैले होसियारीपूर्वक शान्तिपूर्ण विद्रोहमाथिको दमन टिकाउ हुनै सक्दैन भन्ने बुझ्न प्रधानमन्त्री दाहाललाई कति समय लाग्ला ? सत्ता स्वार्थले विद्रोहको यो ज्ञानमाथिको विर्को कहिले उर्घारिने छ । अब आम मुलुकवासीले त्यतिमात्र हेर्न बाँकी छ । अरु विस्तारै समयले दैखाउँदै लैजाने छ ।
तपाईको प्रतिक्रिया