logo

नेपाल भ्रमण वर्ष २०२० का लागी पन्ध्र सुझाव

राजन सिम्खडा / विचार

    6588   पटक पढिएको

नेपालमा पर्यटन क्षेत्रको विकासका लागी के गर्नुपर्छ तथा पर्यटन क्षेत्रकै माध्यमवाट मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा यसअघि मैले “हिँडे पुगिन्छ” भन्ने पुस्तकमा विस्तृतमा चर्चा गरेको छु । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा न्युनतम रुपमा गर्नुपर्ने केहि अत्यावश्यक विषयहरुमा यहाँ चर्चा गर्न चाहन्छु । 

त्यसो त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीलाई सुझाव दिनका खातिर विज्ञ समुह नै निर्माण भएको छ । त्यो विज्ञ समुहले के गरिराखेको छ वा त्यसको प्रभावकारीता कति छ भन्नेतिर पनि यस लेखमा जान चाहन्न । तर विगत दुई दशकदेखि यसै क्षेत्रमा सक्रिय व्यक्ति भएकोले मेरा केहि सुझावहरु राख्न चाहन्छु । किनकी हामी मन्त्री वा कुनै पदमा नभएपनि यो देशमा मेरो पनि तपाईं मन्त्रीहरु वा विभिन्न पदमा पदासिन व्यक्तिहरु जत्तिकै दायित्व छ । ठूला–ठूला काम गर्न त तपाईंहरुलाई समय नहोला,गाह्रो होला तर साना–तिना कामहरु त गर्न सकिन्छ नि । साना–तिना काम पनि नगर्ने हो भने त कसरी नेपाल भ्रमण वर्ष सफल होला र ? त्यसैले मेरा सुझावहरु बँुदागत रुपमा निम्नानुसार राख्न चाहन्छु । 

१) नेपाल भ्रमण वर्ष २०२० को नारा “एक्सपेरियन्स नेपाल” भन्ने त छ तर नाराले मात्र हुँदैन कि साँच्चिकै एक्सपेरियन्स नै बेटर हुनुपर्छ । त्यसको सुरुवात विमानस्थलवाटै गराउनसक्नुपर्छ । आज पनि विमानस्थलका कर्मचारीहरुको व्यवहार उस्तै अभद्र छ,त्यसमा परिवर्तन ल्याउनुपर्छ । सकेसम्म अनलाईन भिसा,लगेज व्यवस्थापनको समस्याको अन्त्य, दलालको अवरोधवाट मुक्ति तत्काल व्यवस्था गर्नु आवश्यक छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमै ट्याक्सी ड्राईभरहरुलाई पनि तालिम प्रदान गर्नुप¥यो । अतिथि देवो भवः भनेको के हो ? ट्याक्सी ड्राईभरलाई पनि बुझाउन सक्नुप¥यो । बस ड्राईभरहरुलाई पनि तालिम दिनुप¥यो । एयरपोर्टमा आज पनि सन २०११ का पुराना पोष्टरहरु छन, त्यति पोष्टर पनि फेर्न सकिएको छैन । त्यति काम पनि गर्न नसक्ने हो भने कसरी नेपाल भ्रमण वर्ष सफल होला र ? 

२) हालको काठमाडौं धुलमाडौंमा परिणत भएको छ, यसलाई सफा बनाउन के पहल गर्नुहुन्छ ? कमसेकम “वेलकम टु काठमाडौं” भन्ने वोर्ड समेत एयरपोर्टको वाहिर राख्न सकिएको छैन । धुलो र धुँवाकै कारण पनि पर्यटक काठमाडौंमा एक दिन भन्दा बढि बस्न चाँहदैनन् । सामान्य वाटोघाटोको व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक छ । बरु रेल वा पानीजहाज पछि चढौंला,हाललाई हिँड्ने वाटोको अवस्था सुधार गर्नुप¥यो । काठमाडौंको वास्तविक अवस्था थाहा छैन भने त्यसको अनुभव गर्न बरु एकदिन पर्यटक बनेर काठमाडौं सहर घुम्न म पर्यटन मन्त्री तथा अन्य मन्त्रीहरुलाई अनुरोध गर्दछु ।

३) नेपालमा पर्यटन सुरु भएको पचास वर्ष भन्दा बढि भईसक्यो तर काठमाडौं, पोखरा वा चितवन कहिँ कतै पर्यटक बसपार्क समेत छैन । साठी वर्षमा पनि प्रमुख पर्यटकिय सहरहरुमा एउटा पर्यटक बसपार्क समेत वनाउन सकिँदैन ? बसपार्कमा एउटा शौचालय र टि स्टेशन समेत छैन । अन्य देशका बसपार्क हाम्रो एयरपोर्ट भन्दा व्यवस्थित भईसके तर हाम्रो अवस्था भने यस्तो छ । हामीकहाँ एउटा पनि पर्यटक शौचालयहरु छैनन । सामान्य भन्दा सामान्य पूर्वाधारहरुको अभावमा पर्यटकले सास्ती खेपिरहनुपरेको छ ।

४) सन २०२० मा नै नेपालमा पर्यटकहरु किन आउने ? पर्यटकहरु नेपाल किन आउँछन भनेर आजसम्म एउटा सर्भे समेत भएको छैन । सुर्योदय हेर्न वा ट्रेकिङ जान वा हिमाल चढ्न वा के का लागी पर्यटक नेपाल आउँछन भन्ने थाहा पाउन पनि एउटा सर्भे गर्न आवश्यक छ । त्यसवाट पर्यटकहरुलाई सवैभन्दा मन परेको चिज के हो भन्ने पनि पत्ता लाग्छ । यसो गर्न सकियो भने निजी क्षेत्र पनि लगानीको लागी आकर्षित हुन्छ । यो एउटा सर्भे छ महिना देखि एक वर्षको समयमा गर्न सकिन्छ ।

५) नेपाल भ्रमण वर्ष २०२० मा सेवा प्रदायकहरुले के–कस्ता योजनाहरु ल्याएका छन भन्ने पर्यटकले प्रश्न गर्छन । त्यसैले सरकारले सेवा प्रदायकहरुलाई त्यस्ता योजनाहरु ल्याउन प्रेरित गर्नुप¥यो । हिमाली क्षेत्रमा भएका देखि राजमार्गका होटल, रेष्टुरेण्टहरु सम्ममा यस्ता योजना आउनुप¥यो । सन २०२१ वा १९ को साटो पर्यटक सन २०२० मै आउनुपर्ने कारण के त भन्ने खुलाउन आवश्यक छ । त्यसका साथै क्वालिटि कन्ट्रोलमा विशेष ध्यान पु¥याउन आवश्यक छ ।

६) सातै प्रदेशमा मुख्य पर्यटकीय स्थलहरु पत्ता लगाएर आधारभुत पूर्वाधारहरु बनाउनुप¥यो । संघियता लागु गर्ने पनि यो उपयुक्त समय हो । सातै प्रदेशका मन्त्रीहरु,मुख्यमन्त्रीहरु, सवै स्थानिय निकायका जनप्रतितिनधहरु लगायत सवैलाई यसमा संलग्न गराएर नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुप¥यो । देशैभरी मनाईनुप¥यो,केहि सिमित सरोकारवालाहरुलाई मात्र यसमा संलग्न गराएर राष्ट्रिय उत्सव बन्न सक्दैन । सवै राजनीतिक दलका भातृ संगठनहरुका साथै सम्पूर्ण युवा संगठनहरुलाई यसमा संलग्न गराउनुप¥यो । त्यतिमात्र होईन, नेपालमा भएका विभिन्न देशका सवै दुतावास र कुटनितिक नियोगहरु तथा विदेशस्थित नेपालका दुतावासहरुलाई यसमा संलग्न गराउनुप¥यो । त्यतिमात्र होईन, विदेश जाने सम्पूर्ण कामदार र पढ्न विदेश जाने विद्यार्थीहरुलाई एम्बेसडर बनाएर सदुपयोग गर्न सकिन्छ,जसले गर्दा उनीहरुले विश्वभर नेपालको प्रवद्र्धन गर्न सकियोस ।

७) नेपाल भ्रमण वर्ष २०२० मनाउँदा आम जनतालाई के फाईदा हुन्छ, आम जनताले यसवाट के लाभ प्राप्त गर्न सक्छन, त्यसवारे उनीहरुलाई जानकारी गराउनुप¥यो । यसवाट कति रोजगारी सिर्जना हुन्छ, यतिवटा नयाँ गन्तव्यहरु सिर्जना गर्छौं भन्ने स्पष्ट भिजन सरकारको तर्फवाट आउनुप¥यो ।

८) कम्तिमा पनि नेपाल भ्रमण वर्षको अवसरमा तुरुन्तै गर्न सकिने राजमार्गहरुको सुधार गर्नुप¥यो । कम्तीमा पनि काठमाडौं भित्रिने सम्पूर्ण नाकाहरुलाई यहि अवसरमा व्यवस्थित गर्नुपर्छ । हरेक नाकावाट काठमाडौं छिर्न ३–४ घण्टा जाममा पर्नुपर्ने अवस्था छ । यसमा सुधार ल्याईनै पर्छ ।

९) यसै अवसर पारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, अन्य क्षेत्रिय विमानस्थल लगायत अन्य क्षेत्रिय विमानस्थलहरु तुरुन्तै सुरु गर्नुप¥यो ।

१०) नेपाल भ्रमण वर्षको अवसरमा नयाँ पर्यटक सवारी साधनहरु ल्याउनुप¥यो । हामीकहाँ भएका सवारी साधनहरु पुराना भए । त्यसका लागी व्यवसायिहरुलाई यो अवसरमा नयाँ सवारी साधन ल्याउन प्रोत्साहित गर्ने निती सरकारवाट ल्याईयोस ।

११) सरकारको तर्फवाट पर्यटन क्षेत्रमा क्वालिटि अवार्ड, ईन्नोभेसन अवार्ड, दण्ड, जरिवाना र पुरस्कारको सुरुवात गर्नुप¥यो । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नै ती अवार्डहरु सुरु गर्नुप¥यो । विश्वका अन्य देशहरुमा यस्ता अवार्डहरु दिने प्रचलन छ भने नेपालमा पनि विभिन्न विधामा यस्ता अवार्डहरु दिनु आवश्यक छ । यस्ता अवार्डहरुले उद्यमीहरुलाई हौसला प्रदान गर्दछ ।

१२) पर्यटकको सुरक्षाको लागी खानामा शुद्धता मात्र होईन, उनीहरुलाई सही जानकारी दिन पनि आवश्यक छ । पछिल्लो समय पर्यटकहरुलाई गरिने गलत व्यवहार र प्रदान गरिने गलत जानकारी पनि समाधान गर्न जरुरी छ ।

१३) नेपाल भ्रमण वर्षका लागी अन्तर्राष्ट्रियस्तर प्रचार–प्रसारलाई तिव्र पारिनुप¥यो । प्रविधिको प्रयोग र सामाजिक सञ्जालमा अझ प्रभावकारी उपस्थिति हुनुप¥यो ।

१४) यस अवसरमा फुटवल,क्रिकेट,योगा वा कुनै पनि खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालको पर्यटकिय गन्तव्यहरु रारा,तिलिचो वा अन्य उपयुक्त स्थानमा गर्नुप¥यो । जसले गर्दा सिंगो विश्वको ध्यान नेपालमा आकर्षित होस ।

१५) सन २०२१ मा सगरमाथा आरोहण रोक्का गरियोस । जसले गर्दा निशुल्क रुपमा सन २०२१ मा सगरमाथा आरोहण बन्द हुने भनेर नेपालको प्रचारप्रसार निशुल्क रुपमा विश्वभर होस । साथै प्रकृतिलाई पनि आराम हुन्छ । 

(युवा पर्यटन व्यवसायि सिम्खडा“हिँडे पुगिन्छ” पुस्तकका लेखक समेत हुन)
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।