logo

होटल उद्योगको आगामी दिशा

नविन काफ्ले/विश्लेषण

    2471   पटक पढिएको

आजकल नेपालमा होटल खोल्नु फेसन जस्तै बनेको छ । होटलका अन्तर्राष्ट्रिय ब्राण्ड देखि लिएर घरेलु लगानीकर्ताहरु पनि होटल उद्योगमा आकर्षित भईरहेका छन । देशभित्रका व्यापारिक घरानाहरु होटल, रिसोर्टमा ठूलो लगानीका साथ प्रवेश गरेका छन । होटल क्षेत्रमा लगानी बढ्नु र स्तरिय होटलहरु थपिनु सकारात्मक विषय भएपनि होटल क्षेत्रमा लगानी थपिँदै जानु तर पर्यटकको संख्या खासै बढ्न नसक्नुले अव नेपालको होटल उद्योग कता जाँदै छ भन्ने विषयमा बहस गराउनु यस लेखको मुख्य उद्देश्य हो ।

त्यसो त हाम्रो मुलुकमा आजसम्म नेपालमा कति पर्यटक आउँदा कुन स्तरका कति होटलहरु आवश्यक छन भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान नै भएको छैन । अथवा नेपालमा हामीले आगामी वर्षहरुमा कुन स्तरका पर्यटक भित्र्याउने लक्ष्य राखेका छौं र हामीलाई त्यसका लागी कुन स्तरका कस्ता होटलहरु आवश्यक छन भन्ने तथ्यांक र योजना राज्यका कुनै पनि निकाय संग छैन ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन २०१६ मा करिव सात लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी सन् २०१५ मा करिव पाँच लाख ५४ हजार पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो २४ प्रतिशतले मात्र वृद्धि हो । पर्यटन प्रवद्र्धनमा कुनै चामत्कारीक नै प्रयोग नगर्दासम्म यो तथ्यांकले सन २०१७ र १८ को पर्यटक आगमन संख्याको पनि केहि अनुमान गर्न पक्कै सकिन्छ ।

तर होटलहरु खोल्ने क्रम भने निकै तिब्रताका साथ अगाडी बढिरहेको छ । गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घलेले सञ्चालनमा ल्याउन लागेको होटल सेराटन ईन्टरनेशनल २२५ रुमका साथ सन २०१८ मा सञ्चालनमा आउने वताईएको छ भने एम.एस.ग्रुपको मेरियट ईन्टरनेशनल पनि बन्दैछ । त्यसवाहेक अन्य विदेशी ब्राण्डका होटलहरु पनि नेपालमा खुल्दैछन । पछिल्लो एक वर्षमा मात्र पर्यटन विभागमा २६ वटा तारे होटलहरु दर्ता भईसकेका छन भने निर्माण सम्पन्न भएर विभागमा स्विकृति लिन आउने होटलको संख्या पनि केहि छ । तारे होटलको लागी न्युनतम ३० रुम हुनै पर्ने भएकोले करिव सात सय पचास रुम आगामी सन २०१८ सम्म तारे होटलमा मात्र थपिँदैछन ।

अर्कोतिर बुझ्नुपर्ने कुरा के छ भने करिव आठ लाख सम्मका पर्यटकहरु नेपाल आउँदा अहिले हाल कायम होटलहरु नै लगभग पर्याप्त रहेको अघिल्ला वर्षहरुमा देखिईसकेको छ ।

त्यसवाहेक पर्यटक स्तरका होटलहरु यसरी थपिएका छन कि पछिल्लो एक वर्षमा ठमेलमा मात्र करिव पचास वटा नयाँ होटलहरु थपिएका छन । होटलहरु खुल्ने क्रम ठमेल जस्तै अन्य पर्यटकिय क्षेत्रहरुमा पनि उस्तै बढ्दो छ । पर्यटन विभागकै तथ्यांक अनुसार आगामी सन २०१८ को सुरुवात सम्म करिव पर्यटन स्तरका होटलहरुमा पाँच हजार कोठाहरु थपिँदै छन । त्यसवाहेक पनि काठमाडौंमा नयाँ नयाँ होटलहरु निर्माण सुरु र घोषणा गर्ने क्रम रोकिएको छैन ।

अर्कोतिर पर्यटकलाई नै लक्षित गरेर काठमाडौंमै सञ्चालनमा रहेका होमस्टे र विभिन्न अपार्टमेण्ट होटलका नाममा पनि होटलहरु सञ्चालनमा आईरहेका छन । पछिल्लो समय काठमाडौंको लाजिम्पाट,वालुवाटार क्षेत्रमा पर्यटकलाई लक्षित गरेर विना कुनै दर्ता पनि अपार्टमेण्ट र घरहरु होटलको प्रयोजनमा प्रयोग भईरहेका छन,यतातिर सरकारी निकायको ध्यान पुगेको छैन,जसको प्रत्यक्ष असर होटलहरुमा पर्नेछ ।

यो त भयो होटलहरुको वढ्दो निर्माण र वृद्धिको अवस्था । प्रश्न यो हो कि होटलहरुको वृद्धिकै अनुपातमा पर्यटकको पनि वृद्धि हुने देखिन्छ त ? काठमाडौं वाहिर सञ्चालनमा आएका होटल तथा रिसोर्टहरुले वरु केहि मात्रामा आन्तरिक पर्यटकको कारण पनि सहजता पाउने छन तर काठमाडौंमा सञ्चालित होटलहरुले भने मुख्यतःविदेशी पर्यटकमै भर पर्नुपर्नेछ ।

आगामी दुई तीन वा चार वर्ष भित्र पर्यटकको आगमनमा उत्पातै वृद्धि हुनसक्ने कुनै आधार देखिँदैन । आगामी दुई चार वर्ष भित्रमा न त कुनै अन्तर्राष्ट्रिय विमानस्थल नै बन्नेछ,न त स्थलमार्ग वाट नै ठूलो मात्रामा पर्यटक नेपाल भित्र्याउने योजना राज्यका निकायहरु संग छ । त्यसैले होटलको वृद्धि अनुसार पर्यटकको वृद्धि हुन सकेन भने आगामी तीन वर्ष भित्रमा नेपालको होटल उद्योगको लागी निकै चुनौतिपूर्ण समय आउनेछ । त्यसमाथि उच्च सञ्चालन खर्च,बैंकको उच्च व्याजदरले होटल सञ्चालकहरुलाई समस्या पर्ने छ ।

अर्कोतिर मुलुकको राजनीतिक अवस्था पनि अवको दुई वर्ष अन्योल,अस्थिरतामा नै वित्ने लगभग पक्का छ । त्यसमाथि मुलुक विभिन्न तहका निर्वाचनमा गयो भने त झन नेपाल आउने पर्यटकको संख्यामा कमी आउनेछ । त्यसैले समयमै यस विषयमा सोचेर उचित रणनितहरु तर्जुमा गर्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।