काठमाडौं–इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत संस्था नेपाल नेटवर्क ग्रप (एन्पिनोग) ले सम्मेलन गर्ने तयारी गरेको छ ।
पर्सा । स्थानीय प्रशासनले पर्सा जिल्लामा मदिरामा प्रतिबन्ध लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण बनाउन मदिरामा प्रतिबन्ध लगाएको हो ।
एप्पलको वितरक ‘जेनरेसन नेक्स्ट कम्युनिकेसन’ ले शुक्रबारदेखि नेपाली बजारमा ‘आइफोन टेन’ ल्याउँदै छ । कम्पनीका अनुसार नेपालमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुने यो सेट सिल्भर र स्पेस ग्रे कल अप्सनमा उपलब्ध हुनेछन् ।
काठमाडौं । राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ ।
काठमाडौँ । बाघ गणना आज बिहीबारदेखि सुरु हुँदैछ वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्या्पिङ’ पद्धतिद्धरा बाघ गणना गरिन लागेको हो ।
काठमाडौं–नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।
काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।
ङको फोनसेवा १२ घण्टादेखि ठप्प रहेको छ । गएरातिदेखि दाङको टेलिफोन सेवा ठप्प रहेको हो । नमस्तेको मोबाईल र ल्याण्डलाईन फोन समेत बिग्रिएपछि दाङ जिल्ला सञ्चारविहीन बन्न पुगेको छ ।
काठमाडौं। वर्ल्डलिंकले इन्टरनेट जोड्दा मोबाइल दिने अफर ल्याएको छ । कम्पनीले साथीलाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएर मोबाइल फोन दिने एक कान दुई कान अफर ल्याएको हो ।
काठमाडौं–चिकित्सकहरुको दक्षिण एशीयाली क्षेत्रीय सम्मेलन आगामी मंसीर ९ र १० गते काठमाडौंमा हुने भएको छ ।
काठमाडौं– जीवन विमाको व्यवसायलाई फराकिलो पार्ने उद्देश्यका साथ रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो सेवा सुरु गरेको छ ।
भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भएको छ । रुसी कम्पनी इलारीले यो फोन विश्वकै सानो जीएसएम फोन भएको दावी गरेको छ । यो फोन वेबसाइटबाट किन्न सकिन्छ ।
काठमाडौंँ। एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरुको एकमात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं। नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी) को चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई प्रतिशतले नाफा घटेको छ ।
जापान एयरलाइन्सले नेपालवाट कार्गो सेवा सुरु गरेको छ । विश्वको उत्कृष्ट एयरलाइन्स मध्येको एक जापान एयरलाइन्सले आधुनिक विमान मार्फत विश्वका ९२ वटा गन्तव्यमा आफ्नो सेवा प्रदान गर्दे आईरहेको छ ।
काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ । उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।
मोरङ । विधुत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ ।
सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो ।
काठमाडौं– जापानको रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित जी मनी ट्रान्सले नोभेम्बर ११, २०१७ बाट आफ्नो सेवा शुरु गर्दैछ ।
काठमाडौं । सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ ।
काठमाडौ । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।
काठमाडौ । दूरसञ्चार सेवालाई सरल तथा विश्वसनीय तुल्याउने उद्देश्यका साथ ‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति दिने भएको छ ।
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । आगामी मंसिरदेखि सुरु हुने मेलामा ९ वटा प्याभिलियन सहित करिब २०० स्टल रहनेछन् ।
काठमाडौं । नेपाल टेलिकमले हालै बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।