logo

चितवनको रामपुरस्थित कृषि विश्वविद्यालयमा अधिकृतसरह भत्ता माग्दै विद्यार्थीद्वारा तालाबन्दी

    931   पटक पढिएको

 

१६ पुस / अर्थ र व्यापार - चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका हुन् । विश्वविद्यालयले इन्टर्नसीप भत्ता भन्दै प्रतिविद्यार्थी प्रतिमहिना ८ हजार ५ सय रुपैयाँका दरले ६ महिनाको रकम उपलब्ध गराउँदै आएको छ । यसो हुँदा एक समेष्टरमा विश्वविद्यालयले २५ लाख ५० हजार रकम इन्टर्नसीपको लागि खर्च गरेको छ । तर, यसपटक विद्यार्थीहरुले सो भत्ता कम भएको भन्दै शाखा अधिकृतले पाउने तलवको ७५ प्रतिशत झण्डै २२ हजार भत्ता प्रतिविद्यार्थी माग गरेका छन् ।

भेटेनरी संकायको प्रत्येक सेमेष्टरमा ५० जना विद्यार्थी अध्ययनरत छन् । तिमध्ये ४० जनाले प्रत्येक सेमेष्टर होस्टल खर्चसहित भर्ना हुँदा जम्मा चार हजार पाँच सय रुपैयाँ मात्रै बुझाउँदै आएका छन् । विश्वविद्यालयमा भेटेनरीको १० सेमेष्टर चल्छ । सो अवधिमा विद्यार्थीहरूले ३२ दिन भ्रमण गर्दछन् । भ्रमणको दैनिक चारसय भत्ता अलगै विश्वविद्यालयले तिर्दै आएको छ । एक समेष्टरमा विश्वविद्यालयले बस खर्च बाहेक ६ लाख ४० हजार भत्तामा खर्च गर्दछ । नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले थालेको आन्दोलनमा त्यसपछिका समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले समेत साथ दिएका छन् ।

नवौं समेष्टरका विद्यार्थीहरूलाई भारतको तमिलनाडुस्थित भेटेनरी एण्ड एनिमल साइन्स विश्विद्यालयमा इन्टर्नसीपको लागि पठाउने तयारी विश्वविद्यालयले गरिरहेको बेला तालावन्दी गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ । भेटेनरी नवौं समेष्टरमा अध्ययनरत विद्यार्थी प्रकाश अधिकारीले विगत ८ वर्षदेखि विश्वविद्यालयले इन्टर्नसीप भत्ता नबढाएकोले आन्दोलन गरिएको दावी गरे । 
‘इन्टर्नसीपमा जाँदा खान बस्न पुग्ने पैसा विश्वविद्यालयसँग मागेको हो,’ अधिकारीले भने, ‘वीचमा नेगोसियसन गर्न सकिन्छ ।’ पढ्न आएका विद्यार्थीले तलवसरह भत्ता मागेपछि पूरा गर्न नसकिने जनाउ विश्वविद्यालय प्रशासनले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।