logo

चितवनको रामपुरस्थित कृषि विश्वविद्यालयमा अधिकृतसरह भत्ता माग्दै विद्यार्थीद्वारा तालाबन्दी

    1428   पटक पढिएको

 

१६ पुस / अर्थ र व्यापार - चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका हुन् । विश्वविद्यालयले इन्टर्नसीप भत्ता भन्दै प्रतिविद्यार्थी प्रतिमहिना ८ हजार ५ सय रुपैयाँका दरले ६ महिनाको रकम उपलब्ध गराउँदै आएको छ । यसो हुँदा एक समेष्टरमा विश्वविद्यालयले २५ लाख ५० हजार रकम इन्टर्नसीपको लागि खर्च गरेको छ । तर, यसपटक विद्यार्थीहरुले सो भत्ता कम भएको भन्दै शाखा अधिकृतले पाउने तलवको ७५ प्रतिशत झण्डै २२ हजार भत्ता प्रतिविद्यार्थी माग गरेका छन् ।

भेटेनरी संकायको प्रत्येक सेमेष्टरमा ५० जना विद्यार्थी अध्ययनरत छन् । तिमध्ये ४० जनाले प्रत्येक सेमेष्टर होस्टल खर्चसहित भर्ना हुँदा जम्मा चार हजार पाँच सय रुपैयाँ मात्रै बुझाउँदै आएका छन् । विश्वविद्यालयमा भेटेनरीको १० सेमेष्टर चल्छ । सो अवधिमा विद्यार्थीहरूले ३२ दिन भ्रमण गर्दछन् । भ्रमणको दैनिक चारसय भत्ता अलगै विश्वविद्यालयले तिर्दै आएको छ । एक समेष्टरमा विश्वविद्यालयले बस खर्च बाहेक ६ लाख ४० हजार भत्तामा खर्च गर्दछ । नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले थालेको आन्दोलनमा त्यसपछिका समेष्टरमा अध्ययन गर्ने विद्यार्थीले समेत साथ दिएका छन् ।

नवौं समेष्टरका विद्यार्थीहरूलाई भारतको तमिलनाडुस्थित भेटेनरी एण्ड एनिमल साइन्स विश्विद्यालयमा इन्टर्नसीपको लागि पठाउने तयारी विश्वविद्यालयले गरिरहेको बेला तालावन्दी गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ । भेटेनरी नवौं समेष्टरमा अध्ययनरत विद्यार्थी प्रकाश अधिकारीले विगत ८ वर्षदेखि विश्वविद्यालयले इन्टर्नसीप भत्ता नबढाएकोले आन्दोलन गरिएको दावी गरे । 
‘इन्टर्नसीपमा जाँदा खान बस्न पुग्ने पैसा विश्वविद्यालयसँग मागेको हो,’ अधिकारीले भने, ‘वीचमा नेगोसियसन गर्न सकिन्छ ।’ पढ्न आएका विद्यार्थीले तलवसरह भत्ता मागेपछि पूरा गर्न नसकिने जनाउ विश्वविद्यालय प्रशासनले दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।