logo

टेलिकमलाई फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन

२१ औं वार्षिकोत्सवमा टेलिकमका २०१ कर्मचारीले पाए ५ ग्राम सुन, २ तोला चाँदी मिश्रित पदक र १ महिनाको तलब

    551   पटक पढिएको



२२ माघ/अर्थ र व्यापार – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको २१औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा रहेकाले टेलिकमले ठूला सहरमा तत्कालै फाइभजी सेवा सुरु गर्नुपर्ने बताएका हुन्।
‘विकसित विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ । हामीलाई भने फाइभ जी सेवा नेपालमा मुख्य सहरहरुमा सुरु गरिहाल्नुपर्ने आवश्यकता छ । यसमा नेपाल दूरसञ्चार कम्पनीकै महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।
मन्त्री गुरुङले प्रविधिको क्षेत्रमा हुने विकासलाई आत्मसात नगरे टेलिकम पछिपर्ने बताए । ‘संसारमा जति पनि परिवर्तन र नयाँनयाँ प्रविधिको विकास, विस्तार र आविष्कार भइरहेको छ, त्यो क्षेत्र पनि सञ्चारकै क्षेत्र हो, सूचना प्रविधिकै क्षेत्र हो । त्यसैअनुसार समयको गति नसमात्ने हो भने हामी पछि परिहाल्छौं। छिनको छिनमै पुरानो र असान्दर्भिक हुन्छौं,’ उनले भने ।
यसैगरी, उनले देशलाई डिजिटल युगमा खरो उतार्दै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा उच्चतम् फड्को मार्नुपर्नेमा जोड दिए । उनले आम्दानीको स्रोत परिवर्तन भएकाले टेलिकमले डेटा सर्भिसमा आफूलाई अब्बल बनाउनुपर्नेमा जोड दिए ।
‘टेलिकम कम्पनीहरुको राजस्व आम्दानी भ्वाइस सर्भिसभन्दा डेटा सर्भिसमा निर्भर हुनुपरेको कुरा कसैबाट छिपेको छैन, दूरसञ्चार कम्पनीले त्यसमा आफूलाई अग्रसर गराइहाल्नुपर्छ,’ उनले भने, ‘खुला बजार र प्रतिस्पर्धात्मक जमानामा टेलिकमले आफूलाई समयानुकूल बनाउँदै लैजानुपर्छ भन्ने कुरा स्मरण गराइरहनुपर्ने विषय होइन।’
मन्त्री गुरुङले फोरजी सेवा देशव्यापी बनाउन पनि आग्रह गरे । उनले ब्रोडब्यान्ड कनेक्सन वडातहसम्म पु¥याउन तथा मर्मत सम्भारको सुविधा चौबिसै घण्टा उपलब्ध गराउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए ।
‘सेवा विस्तारका सन्दर्भमा हरेक घरमा फोरजी कभरेज पु¥याउने लक्ष्यमा नेपाल टेलिकमलाई सफलता छिटै प्राप्त हुने विश्वास गरेको छु । सँगसँगै स्थानीय तह र वडासम्म ब्रोडब्यान्ड कनेक्सन पु¥याउने कार्यलाई टेलिकमले प्राथमिकतासाथ पूरा गर्नुपर्ने छ,’ उनले भने, ‘ग्राहकहरुको सेवाका लागि २४ सै घन्टा मर्मत सम्भारको सुविधा पनि नेपाल टेलिकमले दिने विश्वास गरेको छु ।’
सोही अवसरमा टेलिकमका २०१ कर्मचारीलाई ५ ग्राम सुन तथा २ तोला चाँदी मिश्रित पदक र एक महिनाको तलब थप गरिएको सो कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमका २ सय १ जना कर्मचारीले दीर्घ सेवा पदक पाएका हुन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको थियो ।
यसैगरी, ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु रहेका छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २ सय १ जना कर्मचारीलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा एवं सरकारी स्केल अनुसार एक महिनाको तलब थपेर दिइएको जानकारी दिए ।
उनले पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको बताए । यस्तो पदक पाउने कर्मचारीहरु २०५८ सालको २२ कात्तिक देखि २०६१ सालको १० माघसम्म स्थायी भएकाहरु रहेका छन् । सहप्रवक्ता मिश्रले भने, ‘दीर्घ सेवा पदक र एक महिना बराबरको तलब वितरण पहिले पनि हुन्थ्यो, यो पुरानै निरन्तरता हो ।’ मन्त्री गुरुङले सो पदक प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।