logo

आधा घण्टा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या , टेलिकमको सेवा अवरुद्ध हुँदा बसपार्कमा सेवाग्राहीले बसको टिकट समेत छोड्नु पर्यो

    572   पटक पढिएको


२३ असोज/अर्थ र व्यापार – नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहान करिब आधा घण्टासम्म नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको थियो ।
सोही समस्याका कारण दसैंका बेला आफ्नो मान्छेसँग सम्पर्क नभएको र एसएमएसले समेन भनेको बेला काम नगरेपछि सेवाग्राही निकै मारमा परेका थिए । यस्तो समस्या विशेषगरि गोंगबु नयाँ बसपार्कबाट आफ्नो मान्छे जम्मा भएर बस चढ्नुपर्ने यात्रुमा देखिएको थियो ।
बुधबार बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालले केही सयम प्रणालीमा समस्या आउँदा टेलिकमको नेटवर्क प्रभावित भएको बताए । उनले जानकारी पाउने वित्तिकै तत्काल समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएइको बताए ।

अन्य बेलाको समस्या भन्दा यो दसैंका बेला आफ्नो मान्छेलाई बसपार्क बोलाएर यतिनम्बरको बस र टिकट छ भन्नुपर्ने अवस्थाका ग्राहकहरु टेलिकमको सेवा अवरुद्ध हुँदा धेरै समस्यामा परेका थिए । केहीले सम्पर्क नभएर बसको टिकट समेत छोड्नुपरेको एक ग्राहकले जानकारी गराएका छन् ।
यसअघि गत १० असारमा पनि केहि समय टेलिकमको टेलिफोन नेटवर्कमा यस्तै समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन । जसका कारण सेवाग्राही निकै मारमा पर्दै आएका छन ।
टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणालीहरु चुस्त रुपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको सम्बन्धीत सरोकारवाला एवं टेलिकमका प्राविधिकहरुले नै बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।