logo

आधा घण्टा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या , टेलिकमको सेवा अवरुद्ध हुँदा बसपार्कमा सेवाग्राहीले बसको टिकट समेत छोड्नु पर्यो

    751   पटक पढिएको


२३ असोज/अर्थ र व्यापार – नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहान करिब आधा घण्टासम्म नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको थियो ।
सोही समस्याका कारण दसैंका बेला आफ्नो मान्छेसँग सम्पर्क नभएको र एसएमएसले समेन भनेको बेला काम नगरेपछि सेवाग्राही निकै मारमा परेका थिए । यस्तो समस्या विशेषगरि गोंगबु नयाँ बसपार्कबाट आफ्नो मान्छे जम्मा भएर बस चढ्नुपर्ने यात्रुमा देखिएको थियो ।
बुधबार बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालले केही सयम प्रणालीमा समस्या आउँदा टेलिकमको नेटवर्क प्रभावित भएको बताए । उनले जानकारी पाउने वित्तिकै तत्काल समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएइको बताए ।

अन्य बेलाको समस्या भन्दा यो दसैंका बेला आफ्नो मान्छेलाई बसपार्क बोलाएर यतिनम्बरको बस र टिकट छ भन्नुपर्ने अवस्थाका ग्राहकहरु टेलिकमको सेवा अवरुद्ध हुँदा धेरै समस्यामा परेका थिए । केहीले सम्पर्क नभएर बसको टिकट समेत छोड्नुपरेको एक ग्राहकले जानकारी गराएका छन् ।
यसअघि गत १० असारमा पनि केहि समय टेलिकमको टेलिफोन नेटवर्कमा यस्तै समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन । जसका कारण सेवाग्राही निकै मारमा पर्दै आएका छन ।
टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणालीहरु चुस्त रुपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको सम्बन्धीत सरोकारवाला एवं टेलिकमका प्राविधिकहरुले नै बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।