१८ मंसिर / अर्थ र व्यापार - काठमाडौं–इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत संस्था नेपाल नेटवर्क ग्रप (एन्पिनोग) ले सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलन मंसिर २३ देखि २५ सम्म चितवनमा संचालन हुने छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथैँ प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भईरहेको उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल हुने र अनुभव आदान प्रदान हुने जनाईएको छ ।
कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा पनि जानकारी गराईने छ । सम्मेलनको पहिलो तीन दिन प्राविधिक विषयबस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुने छ भने अन्तिम दिन सम्मेलन आयोजना गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया