logo

कक्षा ११ को आंशिक तर्फको नतिजा सार्वजनिक, नियमितको चुनावपछि

    1705   पटक पढिएको

 

  १८ मंसिर / अर्थ र व्यापार - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तर्फको नतिजा सोमबार सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार आंशिकतर्फ ३५.५८ अर्थात ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १ लाख १ हजार ३ सय ७५ जना सहभागी थिए । स्थानीय तहको निर्वाचनका कारण परीक्षाको मिति पटक पटक सर्दै असारको १ बाट परीक्षा सञ्चालन भएको थियो । परीक्षा भएको ६ महिनापछि राष्ट्रिय परीक्षा बोर्डले सोमबार आंशिकतर्फको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागीमध्ये २१ जना विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नतिजामा चित्त नबुझ्ने विद्यार्थीले ५ सय शुल्क तिरी १५ दिनभित्र आवेदन गर्न सक्नेछन् । गत वर्ष कक्षा ११ को आंशिकतर्फ ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए । नियमित तर्फको नतिजा चुनावपछि प्रकाशन हुने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।