logo

घरघरमा इन्टरनेटका लागि टेलिकमको सहकार्य

    1238   पटक पढिएको


    १३ पुस / अर्थ र व्यापार - काठमाडौं–नेपालका सवै घरमा वोर्ड ब्राण्डको पुर्वाधार बिकास गर्न नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले एनटीए संचालन टेलिकम अपरेटरर्स तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरेको छ । 
यसका लागि सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पुर्वाधार विकाश गर्न नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको छ ।  आफ्नो नेटवर्कलाई सुदृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले नोकियासँग गुणस्तरीय उत्पादनका लागि हातेमालो गरेको जनाएको छ ।
एफटीटीएच इमर्जिङ बोर्ड ब्राण्ड टेक्नोलोजि र सुबिसु केबलनेट प्रा.लि.ले ग्राहकहरुलाई उच्चस्तरीय सपोर्ट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवाप्रदानगर्ने मुख्य उद्देश्य राखेकोे जनाएको छ । 
सुबिसु केबलनेट प्रा.लि.नेपालको एउटा अग्रणी इन्टरनेट÷डिजिटल टेलिकम सेवाप्रदान गर्ने प्रदायक भएकोले गुणस्तरीय सेवा प्रदान गर्न देशभरी नै अप्टिकल फाइबर नेटवर्क विस्तार गरीरहेको छ । नोकियाले संसार भरी संचार सेवालाइ आवद्ध गरेको छ ।
 यसले नयाँ प्रविधिहरुको अनुसन्धान तथा खोजि गरी सरकारी निकाय, ठुलो व्यापारीक प्रतिष्ठान र ग्राहकहरुलाई उच्च गुणस्तरको विभिन्नप्रकारको उपकरणहरु तथा सेवाहरु प्रदान गरिआएको छ । 
फाइभ जी र इन्टरनेट थिङसको प्रविधिको विकास गर्दे डिजिटल हेल्थ भर्चुअव रियालिटी समेतमा केन्द्रित भएको बताइएको छ । यस्तै नेओटेरिक नेपाल नेपालको एउटा अग्रणी आइसिटी कम्पनी हो जसले नेपालमाथुप्रै यस क्षेत्रका नयाँ प्रविधि भित्राएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।