logo

भिटोफ नेपालले गन्तव्य दोरम्बा अध्ययन भ्रमण आयोजना गर्ने

    2323   पटक पढिएको

२ बैशाख / अर्थ र व्यापार- गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले नेपाल भ्रमण बर्ष सन २०२० को लक्ष्यलाई सफल बनाउन साँस्कृतिक र प्राकृतिकरुपले भरीपुर्ण रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा “गन्तब्य दोरम्बा तथा साँस्कृतिक महोत्सव–२०७६” आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी बैशाख १२ र १३ मा आयोजना हुने भएको हो ।      

            
“गरांै तयारी धुमधाम, पाहुनालाई गराऔ घुमघाम” भन्ने मुल नाराका साथ स्वदेशी तथा बिदेशी पर्यटकको उपस्थिति गराउने उद्देश्यले राजधानीमा तयारी छलफल सम्पन्न भएको छ । सो क्षेत्रको अध्ययन,अवलोकन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल) को आयोजना ,दोरम्बा गाउँ पर्यटन बिकाश समितिको व्यवस्थापन,दोरम्बा गाउँपालिकको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा आयोजना हुने भिटोफका केन्द्रिय अध्यक्ष ध्रुव सिम्खडाले बताए । भिटोफको बार्षिक योजना मुताबिक सरकारले घोषणा गरेको पर्यटन गन्तव्य गाउँलाई पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिम्खडाले बताए ।

दोरम्बा गाउँ पर्यटन विकास समितिका अध्यक्ष बमबहादुर मगरले स्थानीय खाद्यान्न एवं विविध पक्षलाई उक्त कार्यक्रममा प्रस्तुत गरिने बताए । दोरम्बा गाउँपालिकाका वडा नंंंं.२ का अध्यक्ष खड्ग बहादुर श्रेष्ठले पर्यटन प्रवद्र्धनमा स्थानीय र राज्यस्तरको सक्दो सहयोग र सहकार्य हुने बताए । गाउँपालिकाले आयोजनामा गरिने शैलुङ महोत्सव पनि दोरम्बाको आधार क्षेत्र रहेकाले यो महोत्सव ऐतिहासिक हुने उनले दाबी गरे । दोरम्बा गाउँपालिकको कानुनी सल्लाहकार एवं अधिवक्ता छोनम मोक्तानले राजनीतिले राष्ट्रियस्तरमा चासोको रूपमा रहेको दोरम्बाको आँफैमा भौगोलिक महत्व रहेकोमा पर्यटनले थप चर्चाको बिषय वनेको वताए । 

दोरम्वा क्षेत्रमा स्थानीय तामाङ,मगर लगायतका बाक्लो बस्ती रहनुका साथै नेवार,शेर्पा,क्षेत्री ,ब्राह्मण र दलित समुदाय र सिमान्कृत थामी र पहरीको समेत वसोवास रहेको छ । धार्मिक रुपमा अक्लेस्वर महादेब, बुद्धिस्ठको गुम्बा एवं आकर्षक शैलु र दर्जनौं मठमन्दिर साथै हिउँदमा गुराँस फुलको सुन्दरताले सो क्षेत्रको सुन्दरतामा वढावा दिएका छन । १२ वर्षे जनयुद्ध र शान्ति प्रक्रियाको स्मरणलाई ताजा राख्न निर्माण गरिएको सहिद स्मारक समेत पनि सो क्षेत्रका महत्वपुर्ण पर्यटकिय गन्तव्य हुन ।

आगामी बैशाख १२ र १३ गते आयोजना हुने गन्तव्य दोरम्बामा नेपाल सरकारका प्रतिनिधि,पर्यटन व्यवसायी, विदेशी पाहुना, सञ्चारकर्मी लगायत हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति रहने भिटोफ नेपालका केन्द्रिय उपाध्यक्ष तथा मिडिया संयोजक गोपाल थापाले बताए । कार्यक्रममा भिटोफ नेपालले नयाँ वर्षको उपलक्ष्यमा प्रकाशित गरेको क्यालेन्डर विमोचन गर्ने कार्यक्रम पनि रहेको थापाले वताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।