logo

भिटोफ नेपालको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण

    1746   पटक पढिएको

२८ श्रावण / अर्थ र व्यापार- गत श्रावण १५ गते भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनमा विजयी भएका नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले नवनिर्वाचित अध्यक्ष ध्रुव सिम्खडालाई माला लगाई पदभार हस्तान्तरण गरे ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचन वाट अध्यक्षमा ध्रुव सिंखडा,प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्वितिय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा तथा सदस्यहरुमा राममणी रिजाल, जीवन थपलिया, देवीकृष्ण रोकाया र शान्तकुमार बानियाँ  विजयी भएका थिए ।

पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग पु¥याएकोमा सवैलाई धन्यवाद दिए । उनले नयाँ कार्यसमितिले पुराना कार्यसमितिले अगाडी सारेका राम्रा कामहरुलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै मञ्चका नवनिर्वाचित अध्यक्ष ध्रुव सिम्खडाले भिटोफ नेपाललाई संघिय संरचना अनुसार सातै प्रदेशमा विस्तार गरिने वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक दिपक महत,ट्रेकिङ एजेन्सिज एशोशयिसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल लगायले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले माला लगाई स्वागत गरेका थिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।