३ श्रावण / अर्थ र व्यापार- गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ– नेपाल) को २४ औं वार्षिक साधारणसभा आगामी भदौ १५ (अगस्ट ३१) मा हुने भएको छ । मञ्चको शुक्रवार बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तोकेको मञ्चका उपाध्यक्ष एवं मिडिया संयोजक गोपाल थापाले वताए । हरेक बर्ष जुलाई ३१ मा साधारणसभा गर्ने गरिएको भए पनि यसपटक कोरोना संक्रमणका कारण १ महिना ढिला गरि साधारणसभा गर्न लागिएको हो ।
साधारणसभाका लागी आगामी भदौ २ गते सम्म सदस्यता नवीकरण र नयाँ सदस्यता लिन सकिने थापाले वताए । आगामी साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेेछ । हाल मञ्चमा ८ सय सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया