logo

भिटोफ अध्यक्षमा सिंखडा बिजयी, सबैसँग सहकार्य गर्दै ग्रामिण पर्यटन प्रवद्र्धनमा लाग्ने

    1963   पटक पढिएको


१६ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को अध्यक्षमा धु्रब सिंखडा बिजयी भएका छन् । उनले प्रत्यासी बासुदेव पाण्डेलाई ४९ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को हिजो सम्पन्न निर्वाचनमा सिंखडाले २ सय ८९ मत प्राप्त गरे भने पाण्डेले २ सय ४० मत प्राप्त गरे । कुल ५७६ मतदाता रहेको भिटोफ निर्वाचनमा ५ सय २९ मत खसेको थियो । 

प्रथम उपाध्यक्षमा दिपक दाहाल २ सय ८७ मत ल्याई विजयी हुंदा उनका प्रतिद्वन्दी कृष्ण सुवेदीले २ सय ४४ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा ३ सय ८ मत सहित गोपाल थापा विजयी भएका छन् । उनका प्रतिद्वनदी तारालाल धरेलले २ सय १७ मत प्राप्त गरेका छन् ।

यस्तै महासचिवमा महिला उम्मेद्वार जस्फा पाण्डे २ सय ६६ मत ल्याई विजयी भएकी छन् । उनका प्रतिद्वन्दी दिपक खनालले २ सय ६३ मत प्राप्त गरेका छन् । पाण्डे र खनालविच सबै भन्दा कम मतान्तर रहेको छ । त्यसैगरी सचिवमा नवराज थापा २ सय ६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी आशुतोष प्रधानले २ सय ५६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा राजकुमार धमला २ सय ८६ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी कुल प्रसाद सुवेदी (केपी)ले २ सय ३४ मत प्राप्त गरेका छन् । सहकोषाध्यक्षमा महिला उम्मेद्वार सकुन्तला देवकोटा सबैभन्दा धेरै ३ सय १३ मत प्राप्त गरि विजयी भएकी छन् । उनका प्रतिद्वन्दी उमेश दनैले १ सय ९४ मत प्राप्त गरेका छन् ।

४ जना सदस्यहरुमा राममणी रिजाल , जीवन थपलिया, देवीकृष्ण रोकाया  र शान्तकुमार बानियाँ विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित सिंखडाले चुनावमा हारजित स्वभाविक भएको भन्दै सबैसँग सहकार्य गर्दै ग्रामिण पर्यटन प्रवद्र्धनमा आफ्नो टिम शसक्त ढंगले लाग्ने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।