logo

भिटोफ अध्यक्षमा सिंखडा बिजयी, सबैसँग सहकार्य गर्दै ग्रामिण पर्यटन प्रवद्र्धनमा लाग्ने

    1637   पटक पढिएको


१६ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को अध्यक्षमा धु्रब सिंखडा बिजयी भएका छन् । उनले प्रत्यासी बासुदेव पाण्डेलाई ४९ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को हिजो सम्पन्न निर्वाचनमा सिंखडाले २ सय ८९ मत प्राप्त गरे भने पाण्डेले २ सय ४० मत प्राप्त गरे । कुल ५७६ मतदाता रहेको भिटोफ निर्वाचनमा ५ सय २९ मत खसेको थियो । 

प्रथम उपाध्यक्षमा दिपक दाहाल २ सय ८७ मत ल्याई विजयी हुंदा उनका प्रतिद्वन्दी कृष्ण सुवेदीले २ सय ४४ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा ३ सय ८ मत सहित गोपाल थापा विजयी भएका छन् । उनका प्रतिद्वनदी तारालाल धरेलले २ सय १७ मत प्राप्त गरेका छन् ।

यस्तै महासचिवमा महिला उम्मेद्वार जस्फा पाण्डे २ सय ६६ मत ल्याई विजयी भएकी छन् । उनका प्रतिद्वन्दी दिपक खनालले २ सय ६३ मत प्राप्त गरेका छन् । पाण्डे र खनालविच सबै भन्दा कम मतान्तर रहेको छ । त्यसैगरी सचिवमा नवराज थापा २ सय ६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी आशुतोष प्रधानले २ सय ५६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा राजकुमार धमला २ सय ८६ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी कुल प्रसाद सुवेदी (केपी)ले २ सय ३४ मत प्राप्त गरेका छन् । सहकोषाध्यक्षमा महिला उम्मेद्वार सकुन्तला देवकोटा सबैभन्दा धेरै ३ सय १३ मत प्राप्त गरि विजयी भएकी छन् । उनका प्रतिद्वन्दी उमेश दनैले १ सय ९४ मत प्राप्त गरेका छन् ।

४ जना सदस्यहरुमा राममणी रिजाल , जीवन थपलिया, देवीकृष्ण रोकाया  र शान्तकुमार बानियाँ विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित सिंखडाले चुनावमा हारजित स्वभाविक भएको भन्दै सबैसँग सहकार्य गर्दै ग्रामिण पर्यटन प्रवद्र्धनमा आफ्नो टिम शसक्त ढंगले लाग्ने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।