logo

भिटोफ निर्वाचनका लागी पाण्डे समुहको घोषणापत्र सार्वजनिक

    1854   पटक पढिएको

१२ श्रावण / अर्थ र व्यापार- गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को आगामी श्रावण १५ गते हुने निर्वाचनका लागी अध्यक्षका प्रत्याशी बासुदेव पाण्डे समुहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देबकोटा तथा सदस्यहरुमा देवीकृष्ण रोकाय, जीवन थपलिया, चोपेन्द्रबहादुर खड्का र दिपक पंगेनी रहेका छन् ।

अध्यक्षका प्रत्यासी बासुदेव पाण्डे समुहको घोषणापत्रमा हरेक दुई महिनामा कुनै एउटा गाउँको पूर्ण जानकारी सहितको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, गाउँ पर्यटनलाई राष्ट्रिय पर्यटनको मुलधारमा ल्याउन पहल गर्ने, प्रत्येक प्रदेशमा भिटोफ नेपालको शाखा विस्तार गरी प्रत्येक प्रदेशको एक गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने, पर्यटन वर्ष २०२० को उद्देश्यलाई ध्यानमा राखी गाउँ पर्यटन प्रवद्र्धनको योजना बनाई कार्यक्रम अगाडि बढाउने,केन्द्रिय सरकार, प्रदेश सरकार र पर्यटन संघसंस्था, व्यवसायी र गाउँसँग समन्वय गरी घरआवास सञ्चालन गर्न व्यवस्थित गाईड लाइन बनाई स्तर बृद्धि गर्ने उल्लेख छ ।

त्यस्तै विगतमा भएको र वर्तमानमा भइरहेको भिटोफ नेपालको काम र कार्यक्रमलाई अझ बढि प्रभावकारी रुपमा अगाडि बढाउने, पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी पर्यटन प्रवद्र्धनमा जोड दिने,पर्यटन सँग सम्बन्धित गाउँहरुमा विभिन्न किसिमका तालिमहरु सञ्चालन गरी गाउँलेहरुलाई दक्ष, आत्मनिर्भर बनाई आर्थिक उन्नतिमा जोड दिने, भिटोफ नेपाल र व्यवसायीहरु बीच सुमधुर सम्बन्ध बनाई आगामी दुई वर्षभित्र ९९९ जना सदस्य बनाउने, गाउँ पर्यटन महोत्सव २०१९ आयोजना गर्नका लागि सरकार, पर्यटन बोर्ड, पर्यटन संघसंस्थासँग समन्वय गरी अघि बढाउने, गाउँ पर्यटनसँग सम्बन्धित विषयलाई समेटी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने, कल्चरल मेघा इभेन्टको आयोजना गर्न पहल गर्ने, गाउँलेको भवन निर्माण गर्नका लागि सरकार तथा व्यवसायीहरुसँग पहल गर्ने विषयलाई पाण्डे समुहको घोषणापत्रमा समेटिएको छ ।

अध्यक्षका प्रत्याशी पाण्डेले घोषणापत्र सार्वजनिक गर्दै गाउँ पर्यटन नेपाल डिजिटल रुपमा अगाडी बढाउने, गाउँ पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने, होमस्टेलाई भिटोफ नेपालसँग आवद्ध गराउने योजनासहित स्थानीय भेषभूषा, कला, संस्कृति तथा परिकारको जगेर्ना र प्रवद्र्धन गर्ने तथा नतिजामुखी भएर काम गर्ने आँफुहरुको एजेण्डा रहेको वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।