logo

भिटोफ निर्वाचन:अध्यक्षको प्रत्यासी पाण्डे र सिंखडा दवै समुहको भेटघाट सहितको रात्रिभोज कार्यक्रम

    1683   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १५ गते हुन गइरहेको निर्वाचनमा अध्यक्षको प्रत्यासी ध्रुव सिंखडा र वासुदेव पाण्डे दुवै समुहले उम्मेदवार परिचयात्मक तथा भेटघाट सहितको रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । 

पाण्डे समूहको कार्यक्रम आज साँझ ५ बजे ठेमल पक्नाजोलस्थित गोकर्ण हाउस रेस्टुरेन्टमा हुने भएको छ । यस्तै अध्यक्षका प्रत्यासी धुब्र सिंखडा समुहको कार्यक्रम आज साँझ ५ बजे नयाँ बजार धारा गल्लीस्थित मल्टि भेन्यूमा हुने भएको छ ।

दुवै समुहले आ–आफ्नो कार्यक्रममा  सम्पूर्ण भिटोफ सदस्य, पर्यटन व्यवसायी, शुभचिन्तक तथा पत्रकारहरुलाई कार्यक्रममा सहभागिता जनाइदिनु हुनको लागि अनुरोध गरेका छन् ।

सिंखडा र पाण्डे तत्कालिन नेकपा एमाले निकट व्यवसायी हुन् तथापी सिंखडा प्यानललाई तत्कालिन नेकपा एमाले निकटको पर्यटन व्यवसायी संगठन नेपाल, नेपाली काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (नीट) र नयाँ शक्ति नेपाल निकट पर्यटन परिषद नेपाल पक्षधरका व्यवसायीहरुको समर्थन रहेको छ । 

त्यसैगरी पाण्डे समुहलाई तत्कालिन नेकपा एमाले निकटको अर्को संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन र तत्कालिन नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनको समर्थन रहेको छ । 

सिंखडा समुहबाट प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी (कुस), द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी (केपी) र सहकोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा केदारमणि खनाल, राममणि रिजाल, शान्तकुरमा वानियाँ र सन्तोष थापामगर  रहेका छन् ।

त्यसैगरी पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटाले उम्मेद्धारी दिएका छन् भने सदस्यमा जीवन थपलिया, चोपेन्द्र बहादुर खड्का, देवीकृष्ण रोकाय र दिपक पंगेनीको उम्मेद्धारी रहेको छ ।

भिटोफ नेपालमा ५७० जना मतदाता रहेका छन् । 
 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।