१३ पुष/अर्थ र व्यापार- पर्यटकिय स्थल ठमेलमा सपिङ कम्प्लेक्सको एउटै भवनमा होटल,स्पा र लाउञ्ज रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पर्यटन व्यवसायि ध्रुव अधिकारीले ठमेलको मुटुमै एउटै भवनमा रेट्रो होटल,हेभेन्ली स्पा र भिआईपी रेष्टुरेण्ट लाउञ्ज बार सञ्चालनमा ल्याएका हुन ।
रेट्रो होटलले तीन तारे स्तरको सुविधा उपलब्ध गराउने सञ्चालक ध्रुव अधिकारीले वताए । पन्ध्र वटा कोठा रहेको रेट्रो होटलका हरेक कोठामा ज्याकुजि रहेको छ । त्यस्तै हेभेन्ली स्पाले सौना,स्टिम,जापनिज ज्याकुजि,मसाज,वार्वर सेवा उपलब्ध गराउने अधिकारीले वताए ।
त्यसैगरी त्यहि भवनमा नेपाली र विदेशी दुवै ग्राहकलाई लक्षित गर्दै भिआईपी रेष्टुरेण्ट लाउञ्ज बार पनि सञ्चालमा आएको छ । भिआइपि लाउञ्ज मुल्यका हिसावले पनि सवैलाई उपयुक्त रहनुका साथै यसमा पार्किङ सुविधा र खानामा विशेष ध्यान दिईएको वताए ।
आँफुले जापान बसाईको क्रममा सिकेको,देखेको र भोगेको अनुभवलाई नेपालको पर्यटन क्षेत्रमा प्रयोग गरेको अधिकारीले वताए । एउटै छानामुनी सवै सेवा उपलब्ध गराउने उद्देश्यका साथ एउटै भवनमा यि सवै सेवा सञ्चालमा ल्याईएको अधिकारी वताए ।
भिआईपि लाउञ्ज र हेभेन्ली स्पा सञ्चालनमा आईसकेको छ भने रेट्रो होटल अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी एक देखि सञ्चालमा आउने भएको छ ।
तपाईको प्रतिक्रिया