logo

टर्किस एयरले असोज १५ देखि नेपालमा साताको तीन उडान गर्दै 

केही दिनमा सबै वायुसेवा कम्पनीको नयाँ उडान संख्यासहितको तालिका सार्वजनिक हुने

    1921   पटक पढिएको

 

४ असोज/अर्थ र व्यापार– साताको एउटा मात्र उडान गर्न अनुमति पाएको टर्किस एयरलाइन्सले असोज १५ गतेदेखि साताको तीनवटा नियमित उडान गर्ने भएको छ । 

आधिकारीक रूपमा जुलाईबाट पर्यटनको लागि खुला गरेको टर्कीमा विभिन्न मुलुकबाट ३० लाख भन्दा बढी यर्यटकले यात्रा गरिसकेको छ ।  

अक्टोबरदेखि टर्किस एयरलाइन्ससँगै अरु अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले पनि उडान संख्या बढाउनका लागि प्रस्ताव पेश गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । केही दिनमै सबै वायुसेवा कम्पनीको नयाँ उडान संख्यासहितको तालिका सार्वजनिक हुने प्राधिकरणले जनाएको छ । 

गत भदौ १७ देखि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान पुनः संचालनमा ल्याएको हो । टर्कीको इस्तानबुल, चीनको छन्दु र ग्वानजाउ, मलेसियाको क्वालालाम्पुर, कोरियाको सोल, युएईको सारजाहा, जापानको नारिता, दुबई, कतार र  हङकङबाट अहिले नियमित उडान खुला गरिएको छ । 

खुला गरिएका गन्तव्यबाट टर्किस एयरलाइन्स, चाइना साउदर्न, एयर चाइना, कतार एयरवेज, एयर अरेबिया, कोरियन एयर, क्याथे ड्रयागन, फ्लाई दुबई र मालिन्दो एयर लगायतले नियमित उडान गर्दै आएका छन् ।

नेपाल एयरलाइन्सले जापान, मलेसिया, युएई र हङकङका लागि नियमित उडान गर्दै आएको छ । यस्तै, हिमालय एयरलाइन्सले पनि चीन, मलेसिया र अबुधाबीका लागि नियमित उडान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।