logo

सगरमाथा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

    1783   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार– कोभिड–१९ संक्रमण रोक्न गरेको बन्दाबन्दी खुकुलो भएसँगै सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धी भएको छ । 

कोरोना महामारीका कारण पर्यटन गतिवीधि ठप्प भईरहेको वेलामा सगरमाथा क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल देखिन थालेको हो । 

तेन्जिङ हिलारी विमानस्थल कार्यालयले हाल सगरमाथा क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक गरी दैनिक ५० जनाको हाराहारीमा लुक्ला आइरहेको जनाएको छ । 

पासाङ ल्हामु गाउपालिका–२ का वडाध्यक्ष आङफुर्बा शेर्पाले विभिन्न ट्राभल, ट्रेकिङ एजेन्सी तथा वायुसेवा कम्पनीले सार्वजनिक गरेको आकर्षक प्याकेजका कारण आन्तरिक पर्यटकहरुको संख्यामा बृद्धी आएको बताए।

पदयात्रा र पर्वतरोहणका लागि नोभेम्बरका लागि मात्र युरोपेली मुलुकबाट करिब डेढ सय जना विदेशी पर्यटकले अग्रिम बुकिङ गरिसकेको उनले जानकारी दिए ।

आन्तरिक पर्यटकको सक्रियताले आगामी वर्ष सन् २०२१ मा सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने वडाध्यक्ष आङफुर्बा शेर्पाले बताए ।

कार्गो उडान मात्र हुँदै आएकोमा एक महिना यता तीन सय जना भन्दा बढी यात्रु आउजाउ भइसकेको तेन्जिङ हिलारी विमानस्थलका प्रमुख मुकेश दाहालले बताए । दाहालले अहिले रोटर र फिक्स विङका करिब १० वटा एकतर्फी यात्रु उडान हुँदै आएको जानकारी दिए ।

समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले पिसीआर नेगेटिभ मापदण्ड कायम गर्दै यो क्षेत्रमा आन्तरिक पर्यटक आउन खुला गरिएपछि सगरमाथा क्षेत्र भ्रमण गर्ने यात्रुको माग राम्रो रहेको बताए ।  

यती एयरलाइन्स कम्पनीका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीले सार्वजनिक गरेको सगरमाथा क्षेत्र भ्रमणको प्याकेज मार्फत हालसम्म दुई सय २५ जना आन्तरिक पर्यटकले भ्रमण गरिसकेको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।