logo

प्रतिबन्ध खुकुलो भएसंगै विदेशी आगमन दरमा बृद्धी, पर्यटन व्यवसायीहरु आशावादी

    1351   पटक पढिएको


१७ कात्तिक/अर्थ र व्यापार– अध्यागमन विभागको तथ्यांकअनुसार गत भदौयता विदेशी नागरिकको आवागमन दरमा वृद्धि भएको छ । 

सरकारले विदेशी पर्यटकको आगमनमा लगाएको प्रतिबन्ध खुकुलो भएसंगै नेपाल भित्रिने विदेशीको संख्यामा बृद्धी भएको हो । 

सरकारले अनअराइभल भिसाको दिने घोषणा संगै पर्वतारोहण र पदयात्राका लागि १७ अक्टोवरबाट आगमनका खुला गरेपश्चात नेपालमा विदेशी पर्यटकको आगमनमा बृद्धी हुन थालेको छ । 

यसअघि विदेशी कुटनीतिक नियोगका कर्मचारी, विकास साझेदार संघ संस्थाका प्रतिनिधि तथा कर्मचारी र उनीहरुको परिवारलाई मात्र नेपाल आगमनका लागी खुला गरेको थियो ।

अध्यागमन विभागका अनुसार गत साउनमा १३७ जना, भदौमा ४ सय ११ जना विदेशी नेपाल आएकोमा असोजमा विदेशीको आगमन बढेर ११९१ पुगेको छ ।

ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार १७ अक्टोबरपछि बिशुद्ध भ्रमण उद्येश्यले नेपाल आउन चाहने ८० जना पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउन सिफारिस भइसकेको जानकारी दिए ।

पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले महामारीका बीचमा पनि पर्यटक आगमन राम्रै हुने संकेत देखीएकोले आउदो दिनहरुमा विदेशी पर्यटकको आगमन अझ बढ्नेमा व्यवसायीहरु आशावादी रहेको जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।