logo

पर्यटकीय नगरी पोखराबाट नेपाल भ्रमण बर्ष २०२०को शुभारम्भ

    1132   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार - नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणमा पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने बताउँदै उनले पर्यटनलाई उत्पादनसँग जोड्नु अपरिहार्य भएको उल्लेख गरे । मुलुकमा आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशले सङ्घीय कार्यक्रमलाई सफल बनाउनका लागि २०१९ लाई आन्तरिक भ्रमण वर्ष र २०२० लाई छिमेकी पर्यटन वर्षको रुपमा अगाडि बढाएको जानकारी दिए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रदेश मन्त्रिपरिषद्ले सङ्घीय सरकारलाई सिफारिश गरेको बताए । गण्डकी प्रदेश सरकारले ११० नयाँ पर्यटकीय गन्तव्यको विकासमा जोड दिएको उल्लेख गर्दै उनले  ग्रामीण क्षेत्रमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ ३०० घरबासको व्यवस्थापनमा जुटेको जानकारी दिए । संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आगामी जेठ महीनासम्ममा लुम्बिनीस्थित गौतमबुद्ध विमानस्थल सम्पन्न भई सञ्चालनमा आउने, पोखरा अन्तराष्ट्रिय विमानस्थल तोकेको समयअगावै सम्पन्न हुने र निजगढ विमानस्थल निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको बताउँदै उनले पर्यटनको क्षेत्रमार्पmत मुलुकको अर्थतन्त्रलाई स्वावलम्वन बनाउँदै स्वदेशमा १० लाख रोजगार सिर्जना गर्ने लक्ष्य रहेको छ । संसदीय अन्तराष्ट्रिय सम्बन्ध समितिका संयोजक पवित्रा निरौला खरेलले भ्रमण वर्ष समृद्ध नेपाल सुखी नेपाली अभियानको सहयोगी बन्ने विश्वास व्यक्त गरे । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले मुलुकमा पर्यटन प्रवद्र्धनका लागि साना तथा ठूलो निजी क्षेत्रलाई समेटेर अगाडि बढने बताउँदै भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रका सहयोग आवश्यक रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बसी भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारी गरिएको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले जानकारी दिए ।
कार्यक्रममा संसदीय अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारी, नेपाल भ्रमण वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले भ्रमण वर्षको लक्ष्य प्राप्तिका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।