logo

अनअराइभल भिसा र अव्यवहारिक क्वारेन्टिनको मापदण्ड हटाउन पर्यटन व्यवसायीहरुको माग

    1957   पटक पढिएको

१३ माघ/अर्थ र व्यापार– विभिन्न पार्टीसंबद्ध पर्यटन व्यवसायी संघ, संगठनहरुले हाल कायम रहँदै आएको अनअराइभल भिसा तथा क्वारेन्टिनको मापदण्ड हटाउन सरकारसंग माग गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संवद्ध पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संघ (नेपाली कांग्रेस) र नेपाल पर्यटन परिषद् (जसपा) सम्बद्ध पर्यटन व्यवसायी संगठनहरुले पर्यटन क्षेत्रमा लगाएको उक्त मापदण्ड अबिलम्ब हटाउन सरकारसँग माग गरेका हो ।

कोभिड–१९ पछि हाल नेपाल घुम्न आउने विदेशी पर्यटकहरुमा लगाइएको एक हप्ताको बाध्यकारी क्वारेन्टिनको मापदण्ड र अनअराइभल भिसा प्रोसेस झन्झटिलो र अव्यवहारिक भएको पर्यटन व्यवसायीहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हाल कायम रहँदै आएको मापदण्डका कारण विदेशी पर्यटकहरु नेपाल घुम्न नआउने मात्र नभएर, विश्व बजारमा नेपालको छवी समेत धुमिल हुनेमा सरकार सजग हुनुपर्ने व्यवसायीहरुको भनाइ छ।

साथै, व्यवसायीहरुले विदेशी पर्यटकलाई त्रिभूवन विमानस्थलमै सहज भिसा उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।