logo

माग पुरा नभए आन्दोलनमा जाने पर्यटन व्यवसायीको चेतवानी, संवादको बाटो नछाड्न पर्यटन मन्त्रीको आग्रह 

    1626   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– कोभिड–१९ महामारीले संकटग्रस्त पर्यटन क्षेत्रलाई सरकारले बेवास्ता गरेको भन्दै पर्यटन व्यवसायीले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

राजधानीमा आइतबार साँझ निजी क्षेत्रसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा पर्यटन क्षेत्रसम्बद्ध हान, टान, नाट्टा, नारा, रेबान लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले धरासयी बनेको पर्यटन व्यवसायलाई सरकारले वेवास्ता गरेको बताएको हो ।

कोभिडका कारण धरासयी बनेको व्यवसायलाई घोषणा गरे पनि सरकारले राहत नदिएको, मापदण्डका नाउँमा राति अबेरसम्म होटल–रेष्टुरेण्ट सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुले माग पुरा नभए आन्दोलमा जाने बताएका हुन् ।

व्यवसायीहरुको जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आन्दोलन गर्दैमा लाभ नहुने भन्दै राज्यले धान्ने र आफ्नो क्षमताले भ्याएसम्म माग पुरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री ढकालले छलफलबाट समाधान हुने विषय छ भने छलफलबाटै समाधान हुने बताए । उनले पर्यटन क्षेत्रलाई निकास दिन मिल्ने कुनै विषय भए त्यसका लागि तयार रहेको भन्दै  पर्यटन नीति अध्यादेशबाटै ल्याउनुपर्ने भए पनि तयार रहेको बताए ।

छलफलमा व्यवसायीले पीसीआर रिपोर्ट र भ्याक्सिन लगाएका आधारमा विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । उनिहरुले सात दिन क्वारेन्टिन समयावधि घटाउन पनि सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।