logo

चन्द्रागिरि पर्यटनको महत्वपूर्ण प्रडक्ट : पर्यटन मन्त्री अधिकारी

    1541   पटक पढिएको

७ चैत / अर्थ र व्यापार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारले पर्यटकीय गन्तब्य चन्द्रागिरिलाई पर्यटनको महत्वपूर्ण प्रडक्टको रुपमा विकास गरिने बताएका छन । चन्द्रागिरि हिल्सको अवलोकनका क्रममा मन्त्री अधिकारीले सरकारको पर्यटक बढाउने लक्ष्यलाई सार्थक तुल्याउन पनि यस्ता पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई प्राथमिकता दिने बताए ।

पर्यटनमन्त्री अधिकारीले चन्द्रागिरि जस्ता पर्यटकीय प्रोडक्ट सात वटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न पनि आग्रह गरे । पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै उनले यसलाई थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्ने वताए ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक भएको भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताए । चन्द्रागिरि हिल्सका प्रबन्ध निर्देशक अम्बिका प्रसाद पौडेलले सरकारले निजी क्षेत्रको दिगो विकासलाई सूक्ष्म तवरले अध्ययन गर्दै देशको पर्यटन पुर्वाधार विकासमा निजी क्षेत्रले अतुलनीय योगदान पु¥याउनेमा जोड दिए । त्यस्तै चन्द्रागिरिका रिलेसन म्यानेजर राजु पौडेलले देशको आर्थिक र दिगो विकासमा निजी क्षेत्रलाई लगानी मैत्री वातावरण तयार गर्न सके देशको पर्यटनको विकास हुने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।