logo

चन्द्रागिरि पर्यटनको महत्वपूर्ण प्रडक्ट : पर्यटन मन्त्री अधिकारी

    2048   पटक पढिएको

७ चैत / अर्थ र व्यापार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारले पर्यटकीय गन्तब्य चन्द्रागिरिलाई पर्यटनको महत्वपूर्ण प्रडक्टको रुपमा विकास गरिने बताएका छन । चन्द्रागिरि हिल्सको अवलोकनका क्रममा मन्त्री अधिकारीले सरकारको पर्यटक बढाउने लक्ष्यलाई सार्थक तुल्याउन पनि यस्ता पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई प्राथमिकता दिने बताए ।

पर्यटनमन्त्री अधिकारीले चन्द्रागिरि जस्ता पर्यटकीय प्रोडक्ट सात वटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न पनि आग्रह गरे । पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै उनले यसलाई थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्ने वताए ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक भएको भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताए । चन्द्रागिरि हिल्सका प्रबन्ध निर्देशक अम्बिका प्रसाद पौडेलले सरकारले निजी क्षेत्रको दिगो विकासलाई सूक्ष्म तवरले अध्ययन गर्दै देशको पर्यटन पुर्वाधार विकासमा निजी क्षेत्रले अतुलनीय योगदान पु¥याउनेमा जोड दिए । त्यस्तै चन्द्रागिरिका रिलेसन म्यानेजर राजु पौडेलले देशको आर्थिक र दिगो विकासमा निजी क्षेत्रलाई लगानी मैत्री वातावरण तयार गर्न सके देशको पर्यटनको विकास हुने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।