logo

टुरिजम म्यान अफ दि ईयर अवार्ड राम सापकोटालाई

पर्यटकियस्थलहरु २४ घण्टे खुल्ने व्यवस्था गर्न गृहमन्त्री शर्माको निर्देशन 

    2422   पटक पढिएको

५ साउन/ अर्थ र व्यापार- गृहमन्त्री जनार्दन शर्माले पर्यटकियस्थलहरु काठमाडौंका ठमेल, दरवारमार्ग तथा पोखरा २४ घण्टे खुल्ने निर्णय सरकारले गरिसकेकोले आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन । गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको गन्तव्य नेपाल साप्ताहिकको तेह्रौं वार्षिकोत्सव कार्यक्रममा मन्त्री शर्माले सो का लागी आवश्यक सम्पूर्ण व्यवस्थ ागर्न सम्बन्धित निकाय र व्यवसायिहरुलाई अनुरोध गरेका हुन । चौविसै घण्टा खुल्ला गर्नको लागी सरकारले आवश्यक सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरेको उनले वताए ।

कार्यक्रममा टुरिजम म्यान अफ दि ईयर–२०१७ वाट पर्यटन व्यवसायि तथा समाजसेवाकाअभियन्ता,माउण्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राम सापकोटा (कमल) लाई प्रदान गरियो ।उनलाई सो अवार्ड गृहमन्त्री जनार्दन शर्माले प्रदान गरे । सापकोटा विगत लामो समय देखि पर्यटन व्यवसायका अलावा समाजसेवामा पनि उत्तिकै सक्रिय छन । टुरिजम म्यान अफ दि इयर छनोट समितिका संयोजक रामशरण थपलियाले टुरिजम म्यान अफ दि इयरको घोषणा गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापाले पर्यटन क्षेत्रमा राजनीतिक गतिविधि र संघ संस्था मात्र वढि भएको वताए । थापाले अव समग्र पर्यटन क्षेत्र नयाँ गन्तव्यहरुको विकासमा लाग्नुपर्ने वताए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति राजेन्द्र सापकोटा,निट नेपालका अध्यक्ष दिपक महत, पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहाल लगायतले पर्यटन क्षेत्रको विकासमा गन्तव्य नेपालले खेलेको भुमिका वारे चर्चा गरेका थिए । कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले आफ्नो स्थापना काल देखि गन्तव्य नेपालले नेपालको पर्यटन क्षेत्रको विकासमा सक्रिय ढंगले लागेको वताए ।

कार्यक्रममा पर्यटन व्यवसायि तथा सामाजिक सेवामा सक्रिय प्रतिष्ठा अमात्य विष्ट,राजेश चन्द्र रेग्मी, सागर विष्ट, नवराज श्रेष्ठ, दावा तामाङ, निलहरी बास्तोला, कर्मा दावा, देण्डी शेर्पा, निम बहादुर मगर, शंकर अधिकारी, वाङछु शेर्पा, मधु कुमार केसी, सुनिल विरजंग राना, श्रीजन सिम्खडालाई सम्मान गरियो । त्यसैगरी पत्रकारहरु जनसवाल दैनिकका सम्पादक रामजी वगाले तथा राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीलाई दश–दश हजार राशी सहित सम्मान गरियो । त्यस्तै कार्यक्रममा गन्तव्य नेपाल ग्रुपले पर्यटन व्यवसायिद्वय विष्णु ज्ञवाली र मनोज श्रेष्ठलाई सल्लाहकार मनोनयन गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।